बैतडीको पाटन गँगो मोडमा भ्यान दुर्घटना,३ जना घाइते

बैतडी – बैतडीको पाटनमा भ्यान दुर्घटना भएको छ ।

जिल्लाको पाटन नगरपालिका वडा न ४ स्थीत गँगो मोडमा बुधबार बिहान सु प प्र ०१००१ च ४१२८ नम्बरको भ्यान दुर्घटना भएको हो ।  दुर्घटनामा परि ३ जना घाइते भएका छन् ।

घाईते हुनेमा पाटन ४ का चालक ४२ वर्षीय मानध्वोज भट्ट,३८ वर्षीय रमेश भट्ट र ६५ वर्षीय जयराज भट्ट रहेका जिल्ला प्रहरी कार्यालय बैतडीका प्रबक्ता प्रहरी निरीक्षक बलराम पाण्डेयले बताए ।

घाइते तिनै जनालाई उपचारका लागि डडेल्धुरा अस्पताल पठाइएको छ । खोल्सी बाट पाटन जादै गरेको भ्यान भित्री कच्चि सडकखण्ड अन्र्तगत गँगो मोडमा दुर्घटनामा परेको बताइएको छ ।

भ्यान सडक बाट करीब ८० मिटर तल खसेको छ भने दुर्घटनाको कारण खुलेको छैन ।

Leave A Reply

Your email address will not be published.

error: Content is protected !!