बडादशैँको अवसरमा लागेका रात्रीकालिन दशैं जात्रा शान्तीपुर्ण रुपमा सम्पन्न

दार्चुला । बडादशैँको अवसरमा दार्चुलाका विभिन्न मन्दीर तथा शक्तिपिठहरुमा लागेका जात्रा सम्पन्न भएका छन । महाअष्टमी देखि यस क्षेत्रका विभन्न मठमन्दीरहरुमा दिउँसो र रात्री कालिन जात्रा लाग्ने गर्दछन ।

दार्चुलामा महानवमीको दिन लेकम गाउँपालिका वडा नम्बर ६ मा रहेको हुनैनाथ भैरवनाथ मन्दिर सिरोडामा रात्रीकालिन जात्रा लागेको थियो ।

त्यस्तै दशमीको दिन जिल्लाको मालिकार्जुन गाउँपालिका वडा नम्बर ४ मा रहेको हुनैनाथ मन्दिर औतालेक र लेकम गाउँपालिका वडा नम्बर ५ मा रहेको ऐडिबाग मन्दिर मैखोली पाटामा  लागेको जात्रा शान्तीपुर्ण रुपमा सम्पन्न भएका छन ।

ऐडिबाग मन्दिरमा विजयादशमीको दिन दिनभरी पुजन जात्रा लगाएर मध्यराती समापन गरिएको बताइएको छ ।

गाउँघर बाहिर रहेकाहरु समेत गाउँमा फर्किएकोले दशैं जात्रामा भेटघाट र सुखदुख साटासाटको अवसर समेत जुट्ने गर्दछ ।

असत्य माथि सत्यको विजयउत्सबका रुपमा यो वर्षको दशैं पनि आम नेपालीजनले मनाएका छ ।

Leave A Reply

Your email address will not be published.

error: Content is protected !!