दार्चुलामा छुट्टाछुट्टै स्थानमा २ जना पुरुषको शव फेला

दार्चुला । दार्चुलामा दुई जना पुरुषको शव फेला परेको छ । महाकाली नदी र टिंकर खोला किनारमा दुई जना पुरुषको शव फेला परेको जिल्ला प्रहरी कार्यालय दार्चुलाले जनाएको छ ।
जिल्ला प्रहरी कार्यालय दार्चुलाका प्रहरी निरीक्षक विक्रम शाहीका अनुसार ब्याँस गाउँपालिकाको टिङ्कर खोला किनार, र महाकाली नदी किनारामा दुई जना पुरुषको शव फेला परेको बताए ।
जिल्लाको ब्याँस गाउँपालिका वडा नम्बर १ स्थित टिङ्कर खोला किनारामा दाङको घोराही उपमहानगरपालिका वडा नम्बर ११ का ४८ वर्षीय जितमान चौधरी र महाकाली नदी किनारामा महाकाली नगरपालिका वडा नम्बर १ लास्कुका ३६ वर्षीय देवेन्द्र कामीको शव फेला परेको बताइएको छ ।

टिंकर खोलामा मृत फेला परेका चौधरी व्याँसमा झोलुङ्गे पुल निर्माणको लागि आएका मजदुर रहेको उनले बताए। असोज १६ गते पुल निर्माणको समान लिन सितापुल गएका चौधरी उतैबाट सम्पर्क विहिन भएका थिए । खोजी गर्दै जाँदा शुक्रबार हिजो टिंकर खोला किनारमा उनको शव फेला परेको थियो ।

यस्तै महाकाली नदी किनारमा फेला परेको शव भाद्र २९ गते लास्कु खोलामा बगेर बेपत्ता भएका देवेन्द्र कामीको रहेको प्रहरी निरीक्षक शाहीले बताए ।
गत भाद्र २९ गते सदरमुकाम खंलगाबाट घर फर्कदै गर्दा कामी लास्कुखोला पुलबाट लडेर बेपत्ता हुनुभएको थियो । कामीको शव पनि  हिजो बेलुका महाकाली नगरपालिका वडा नम्बर ४ बंङगाबरस्थित महाकाली नदी किनारमा फेला परेको जिल्ला प्रहरी कार्यालय दार्चुलाले जनाएको छ ।

आरुषी व्युटि पार्लर महेन्द्रनगर कञ्चनपुर
Leave A Reply

Your email address will not be published.