दार्चुलामा जिप दुर्घटना

दार्चुला । दार्चुलामा जिप दुर्घटना भएको छ । आइतबार दिउँसो महाकाली नगरपालिकाको वडा ९ साकारबाट निसिल जाँदै गरेको जिप दुर्घटनामा परेको जिल्ला प्रहरी कार्यालय दार्चुलाले जनाएको छ ।

जिल्ला प्रहरी कार्यालय दार्चुलाका प्रहरी प्रमुख डिएसपी गौरव महतका अनुसार बागमती प्रदेश ०३००१ ज ०२०६ नम्बरको जिप वडा नम्बर ६ को बजगाडी कच्ची सडक खण्डमा दुर्घटना भएको जानकारी दिए ।

जिपमा सवार अन्ताजी १४ रहेको बुझिएको छ । जिप अनियन्त्रित भएर सडकबाट झन्डै ५० मिटर तल खसेको छ । जिप दुर्घटनामा परेर घाइते भएकाहरुलाई जिल्ला अस्पताल दार्चुलामा उपचार भइरहेको छ ।

घटनाको बारेमा थप विबरण आउन बाकी रहेको छ ।

Leave A Reply

Your email address will not be published.