दार्चुला कारागारबाट फरार कैदीबन्दी पक्राउ

दार्चुला । जेन्जी आन्दोलनको क्रममा जिल्ला कारागार दार्चुलाबाट गत भदौ २४ गते राति करिब ९ बजेतिर भागी फरार रहेका कैदी उमेश सिंह कुँवरलाई प्रहरीले पक्राउ गरेको छ ।

महाकाली नगरपालिका–१ छापरीका २३ वर्षीय कुँवरमाथि कर्तव्य ज्यान मुद्दामा २५ वर्ष, जवरजस्तीकरणी मुद्दामा २५ वर्ष र ज्यान मार्ने उद्योग मुद्दामा २ वर्ष गरी जम्मा ५२ वर्षको कैद सजाय तोकिएको थियो ।

विशेष सूचनाका आधारमा जिल्ला प्रहरी कार्यालय दार्चुलाबाट प्रहरी निरीक्षक बिक्रम बहादुर शाहीको कमाण्डमा खटिएको प्रहरी टोलीले बुधबार हिजो राती १० बजे कुँवरलाई आफ्नै घरमा लुकीछिपी बसेको अवस्थामा पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय दार्चुलाका प्रहरी निरीक्षक एव सुचना अधिकारी छत्रबहादुर रावतले जानकारी दिए ।

पक्राउ परेका कुँवरलाई आवश्यक कारबाहीका लागि जिल्ला प्रहरी कार्यालय दार्चुलामा राखिएको उनले बताए ।

फरार व्यक्तिहरूलाई पक्राउ गर्नका लागि प्रहरीले लामो समयदेखि निगरानी राखेको बताउँदै प्रहरी निरीक्षक रावतले प्रहरीको संयोजन, सूचनाको प्रयोग र स्थानीय नागरीकको सहयोगकै कारण पक्राउ सम्भव भएको बताए ।

जिल्ला कारागार दार्चुलाबाट अझै ६ जना कैदीबन्दीहरु फरार रहेका छन । उनीहरुको पनि खोजीकार्य जारी रहेको जिल्ला प्रहरी कार्यालय दार्चुलाले जनाएको छ ।

आरुषी व्युटि पार्लर महेन्द्रनगर कञ्चनपुर
Leave A Reply

Your email address will not be published.