शैल्यशिखर नगरपालिकालाई जनताको भावना अनुसार काम गर्न युवाहरुको चेतवानी

दार्चुला । दार्चुलाको शैल्यशिखर नगरपालिकालाई जनताको भावना अनुसार काम गर्न युवाहरुले चेतानी दिएका छन ।

नगरपालिकाका स्थानीय युवाहरुले २०७९ सालमा निर्वार्चित जनप्रनितिहरुले अहिलेसम्म जनताको मर्म र भावना अनुसार काम नगरेकाले तत्काल युवा र जनातले चाहे अनुसार कामगर्न चेतावनी दिएका हुन ।

नगरपालिकालाई त्यहाँका युवा र जनताले पटकपटक ताकेता गर्दै आए पनि अहिलेसम्म कुनै सुनवाई नभएकाले नगरपालिकाबाट प्रदान गरिने सेवाहरु तीनदिन भित्र अघि बढाउन ताकेता सहित चेतावनी दिएको नेकपा एमाले प्रदेश कमिटी  सदस्य तथा संयोजक लाल बहादुर बिस्वकर्मा( अभिषकले)जानकारी दिनुभयो ।

२०७९ सालको निर्वाचनमा शैल्यशिखर नगरपालिका बाट प्रमुखमा बिजय सिंह धामी र उप प्रमुखमा शान्ति  खडायत निर्वार्चित भएका थिए  । शैल्यशिखर नगरपालिकामा वडा नम्बर ६ बाहेक अन्य सबै वडाहरु  नेकपा एमाले बाट उम्मेदवार भएका वडा अध्यक्ष  निर्बाचित भएका थिए।  सोहीपार्टीका नेताकार्यकर्ताहरुले जनताको भावना र मर्मअनुसार काम नभएको र भ्रस्टाचार मौलाएको  भन्दै जनताहरुकोतर्फ बाट आन्दोलनको घोषणा गर्ने चेतावनी समेत दिएका छन ।

चुनावको बेला जनताको अपार माया र विश्वास गरी विजय सिह धामी नेतृत्वको टिमलाइ निर्वाचित गरेको भएपनि पाटीको घोषणापत्र बमोजिम सरकार संचालन गरि जनताका आधारभुत आवश्यकता हरुलाइ ध्यानमा राखी सरकारसंचालन गर्ने आग्रह गरिएको युवाहरुले बताएका छन । स्थानीय युवा जनताहरुले नगरपालिकासंग विभिन्न १२ बुदे माग समेत अगाडी सारेका छन ।
हेर्नुस् स्थानीय युवाहरुले मागेका मागहरु
१) हाम्रो पार्टी को घोषणा पत्र तथा पार्टी जिल्ला कमिटी ले निर्देशन गरेको परिपत्र अनुरुप युवा लक्षित कार्यक्रम, किसान ,दलित,महिला,एकल महिला,अपांग युवा स्वरोजगार ,उत्पादन मुखी कार्यक्रम प्रष्ट रुपमा आर्थिक बर्ष २०८२÷०८३ को बजेट मा समाबेश गरि पारदर्शी ढंगले बजेट बिनियोजन गर्नु पर्ने।
२) स्थानिय तहले नियुक्ति गरेका सम्पूर्ण तहका कर्मचारी हरुलाइ तत्काल म्याद थप गरि जनता को कामकाजमा खटाउनु पर्ने।
३) शिक्षा क्षेत्र मा देखिएका बेथिति अन्त्य गर्न बिद्यालय हरुको गुणस्तर सुधार गरि नियमित अनुगमन लगायत बालबालिका को भबिस्यसङ्ग भइरहेको खेलावाड अन्त्यगरि शिक्षा मा गर्नु पर्ने सुधार हरु तुरुन्त अघि बढाइ आवश्यक काम गर्ने लगायत बाल शिक्षा ,बिद्यालय कर्मचारी हरुलाइ स्थानिय तह ले दिनु पर्ने दायित्व तुरुन्त भुक्तानी गर्नु पर्ने
४) फोहोर ब्यबस्थापन को नाममा अहिले सम्म भएको खर्च को विवरण सहित के कति कारणले ढिलासुस्ती भइरहेको हो सो को जानकारी सहित तुरुन्त फोहर ब्यबस्थापन गर्नु पर्ने।
५) २०७९ सालको निर्वाचित सम्पूर्ण जनप्रतिनिधि हरु र शैल्यशिखर नगर पालिका मा कार्यरथ कर्मचारी हरुको सम्पत्ति शुद्धीकरण सहित सम्पत्ति पारदर्शी गर्नु पर्ने।
६) पालिकाका विभिन्न शाखाहरुमा देखिएको नाताबाद,क्रीपाबाद को आधारमा राखिएका कर्मचारी हरुलाई तुरुन्त बर्खास्त गरि योग्यता र क्षमता को आधारमा कर्मचारी हरुलाइ कामको जिम्मेवारी दिनु पर्ने ।
७) प्रत्येक शाखा हरुमा २०७९देखि२०८२ असार मसान्तसम्म शाखाहरुबाट संचालन भएका कार्यक्रम हरु सार्वजनिक गर्नु पर्ने ।
-स्थानिय तहसङ्ग भवन हुदाहुदै बिलासिताको लागि भाडामा लिएका घर हरु,र गाडी ,गाडी धनी हरु सित सम्झौता भंग गरि सरकारी भबन ,गाडी प्रयोग गरि सेवा संचालन गर्नु पर्ने तथा (घर भाडा देखि गाडी हरु भाडामा अनियमितता देखिएको ले)।
९) नगरमा शान्ति सुरक्षा बजार ब्यबस्थापन लगायत नगर कार्यसम्पादन सजिलो गर्न नगर प्रहरी भर्ना गर्नु पर्ने ।
१०) नियमित रुपमा जनतालाई यातायात को सहजता पुर्याउनु को लागि अबरुद्ध सडक हरुलाइ तत्काल खोली सहजता पुर्याउनु पर्ने।
११) स्थानिय सरकारले गाउँ घरमा टोलटोलमा गरेका बिकास निर्माणका कामको बारेमा स्पष्ट रुपमा बताउनु पर्ने र कुन कुन ठाउँमा नगरको बजेटको सदुपयोग भयो र योजना को लागत सहित सार्बजनिक गर्नु पर्ने ।
१२– लघु उद्यम बिकास शाखा, शिक्षा शाखा,स्वास्थ्य शाखा,महिला तथा बालबालिका शाखा,न्यायिक समिती ,स्टोर शाखा,प्राबिधिक शाखा,कृषि शाखा लगायत यी सबै शाखा हरुबाट भएका काम हरु को बिल भुक्तानी को विवरण उपलब्ध गराउनु पर्ने।

१– लाल ब. बि क प्रदेश कमिटी सदस्य,सयोजक
२– कालू चन्द जिल्ला कमिटी सदस्य,सदस्य
३–कोमलराज बिष्ट जिल्ला कमिटी
४–पुष्कर डागा जिल्ला कमिटी सदस्य
५–कलावती रावल जिल्ला कमिटी सद्स्य
६–मानमती भट्ट जिल्ला कमिटी सदस्य
७–मुकेश पाल युवा संघ जिल्ला अध्यक्ष
८–चक्र बि क कार्यापालिका सदस्य
९–गोपाल गोयला वडा कमिटी अध्यक्ष वडा न.३
१०–पदम कपाडी वडा कमिटी सचिब वडा न.२
११– बिरभद्र पाण्डेय वडा न.९
१२– ईश्वर पाण्डेय वडा न.९
१३–गंगा दत्त जोशी वडा न.८
१४–गोपाल भट्ट वडा न.३
१५–रमेश चन्द्र भट्ट वडा न.९
१६–पुर्णे महर वडा न.९
१७–मदन धामी वडा न.९
१८–महेश पाण्डेय वडा न. ९
१९–सुनिल रावल स्वबियु सभापती
२०– नबराज बिष्ट अनेरास्ववियु केन्द्रिय सदस्य
२१–अभिषेक महर वडा न.९
२२–हिरा ओड कार्यपालिक सदस्य
२३–उत्तर सिह बिष्ट वडा न.९
२४–राजेन्द्र प्रसाद बिष्ट वडा न.९

Leave A Reply

Your email address will not be published.

error: Content is protected !!