दार्चुला । दार्चुलामा आर्थिक तथ्याङ्कको महत्व, उपादेयता तथा तथ्याङ्क संकलनका समस्याहरु विषयक एक दिने गोष्ठी कार्यक्रमको आयोजना गरिएको छ । बुधबार जिल्ला सदरमुकाम खलंगाको भावना सभाहलमा नेपाल राष्ट्र बैंक धनगढी कार्यालयले एक दिने गोष्ठी कार्यक्रमको आयोजना गरेको हो ।
तथ्याङ्क प्रदायक उद्यमी, सरकारी कार्यालयका प्रतिनिधि, बैक तथा वित्तीय संस्थाका प्रतिनिधि लगायत अन्य सरोकारवाल निकायका प्रतिनिधिहरुलाई आर्थिक तथ्याङ्कको महत्व, उपादेयता तथा तथ्याङ्क संकलनका समस्या तथा चुनौतिहरुका बारेमा जानकारी प्रदान गर्ने उद्देश्यले कार्यक्रम आयोजना गरिएको नेपाल राष्ट्र बैंक धनगढीका निर्देशक केशब बहादुर केसीले जानकारी दिए ।
कार्यक्रममा नेपाल राष्ट्र बैंकका उपनिर्देशक झकेन्द्र बहादुर शाहीले स्वागत मन्तब्य राखेका थिए । यस्तै कार्यक्रमको प्रस्तुतीकरण नेपाल राष्ट्र बैंक धनगढीका सहायक निर्देशक हरिलाल भट्टले गरेका थिए ।
कार्यक्रममा धनगढी कार्यालयका उप–निर्देशक झकेन्द्र बहादुर शाहीले कार्यक्रमको उद्देश्यमाथी प्रकाश पार्दै आर्थिक गतिविधि अध्ययनको आवश्यकता र विद्यमान ढाँचा, आर्थिक गतिविधि अध्ययनमा समावेश गरिएका क्षेत्रहरु, तथ्याङ्क उपलब्ध गराउने सरोकारवाला निकायहरु, तथ्याङ्क संकलनका ढाँचा, तथ्याङ्क संकलनका समस्याहरुका बारेमा कार्यपत्र प्रस्तुत गरेको मालपोत कार्यालय दार्चुलाका नायबसुब्बा जनक सिह बोहराले जानकारी दिए ।
कार्यक्रममा जिल्लास्थित कृषि ज्ञानकेन्द्र,डिभिजन वनकार्यालय,पुर्वाधार कार्यालय, स्वास्थ्य कार्यालय,नेपाल टेलिकम, विद्युत प्राधिकरण, उद्योग बाणिज्य संघ भेटेरेनरी अस्पताल तथा पशुसेवा विज्ञकेन्द्र जलस्रोत तथा सिंचाइ विकास डिभिजन कार्यालय, मालोपोत कार्यालय, शिक्षा विकास तथा समन्वय इकाई भन्सार कार्यालय र अध्यागमन कार्यालयका प्रतिनिधिहरुको सहभागिता रहेको थियो ।