विश्व खाद्य दिवसको अवसरमा अपीहिमाल गाउँपालिका प्रदेशकै उत्कृष्ट पालिकाको रूपमा सम्मानित

दार्चुला । दार्चुलाको विगट अपीहिमाल गाउँपालिका सुदुरपश्चिम प्रदेशकै उत्कृष्ट पालिकाको रूपमा सम्मानित भएको छ ।

४५औं बिश्व खाद्य दिवसको अवसरमा नेपाल सरकार कृषि तथा पशुपंछी मन्त्रालय,कृषि विभाग द्वारा पालिकालाई सुदूरपश्चिम प्रदेशको उत्कृष्ट पालिकाको रूपमा सम्मानित गरेको हो । पछिल्लो समय जिल्लाको अपिहिमाल गाउँपालिकाले अर्गानिक अपि नाराका साथ विषादी रहित कृषि उत्पादन प्रोत्साहन कार्यक्रम संचालन गरेको छ ।

स्थानीय रैथाने उत्पादन जौ, कोदो फापर, चिनु कागनु ,लसुन, आलु , मार्सि, मसलाबाली, तथा फलफूल खेति तर्फ अर्गानिक स्याउ तथा ओखर उत्पादनमा प्रोत्साहन गर्दै आएको अपिहिमाल गाउँपालिका अध्यक्ष भगत सिह ठेकरे बोहराले जानकारी दिए ।

स्थानीय रैथाने उत्पादनलाई होमस्टेहरुमा प्रयोग तथा पर्यटकीय क्षेत्रमा स्थानीय उत्पादनको प्रयोग गर्ने गरेको र थोपा सिचाइ , पाईप सिचाइ र कुलो सिचाइ समेतको बिस्तारबाट स्थानीय उत्पादनमा सहयोग पुर्‍याए बाफत अपिहिमाल गाउँपालिकालाई प्रदेशकै उत्कृष्ट पालिका छनोट गरि सम्मान गरेको उनले बताए । यसका लागि अहिले पालिकाले दुई ठाउँमा कोसेलीघर समेत स्थापना गरेको  छ ।

प्रदेशकै उत्कृष्ट पालिकाको रुपमा सम्मानित भएपछि कृषि तथा पशुपंक्षी मन्त्रालय, कृषि विभाग, सुदूरपश्चिम प्रदेश कृषि मन्त्रालय जिल्ला कृषि ज्ञान केन्द्र दार्चुलालाई पालिकाले धन्यवाद दिएको छ ।

सम्मान पछि अपीहिमाल गाउँपालिकालाई अझै अर्गानिक अपीहिमाल बनाउन थप हौसला मिलेको गाउँपालिका अध्यक्ष ठेकरे बोहराले प्रतिकृया दिएका छन । यसका साथै एग्रो टुरिजममा लाग्ने प्रेरणा मिलेको पनि उनले बताए ।

 

Leave A Reply

Your email address will not be published.

error: Content is protected !!