दार्चुला घर भएका प्रहरी जवान उत्तम थापाको हत्या गर्ने विरुद्ध मुद्दा दर्ता

काठमाडौँ। जेनजी आन्दोलनको क्रममा प्रहरी वृत्त महाराजगन्जका प्रहरी जवान उत्तम थापाको हत्या आरोपमा पक्राउ परेका दुई जनाविरुद्ध मुद्दा दर्ता भएको छ।

प्रहरीले गरेको अनुसन्धान प्रतिवेदनका आधारमा जिल्ला सरकारी वकिल कार्यालय काठमाडौँले जिल्ला अदालत काठमाडौँमा मुद्दा दर्ता गरेको हो। जसमा काभ्रेको रोशी गाउँपालिका(९ राजवास घर भएका २८ वर्षीय युवराज क्याप्छाकी र मकवानपुरको थाहा नगरपालिका(७ बतासेका २१ वर्षीय सोनाम तामाङ भनिने बुद्धिलाल थिङलाई प्रतिवादी बनाइएको छ ।

आफ्नो भतिजाको हत्या गरेको भन्दै काका इश्वर सिंह थापाले प्रहरीमा जाहेरी दिएका थिए । त्यसपछि प्रहरीले उनीहरूलाई पक्राउ गरेर अनुसन्धान अघि बढाएको थियो । थापालाई कुटिकुटी मारिएको थियो ।

उनीहरुविरुद्ध ज्यान मार्ने कसुर र आपराधिक उपद्रवको कसुरमा मुद्दा दर्ता गरिएको छ । जसअनुसार ज्यान कसुरमा मुलुकी फौजदारी अपराध संहिताको दफा १७७ अन्तर्गतको कसुरमा जन्मकैदको सजाय मागदाबी गरिएको छ ।

Leave A Reply

Your email address will not be published.

error: Content is protected !!