दार्चुलामा राति १० बजेपछि देउसीभैलो खेल्न रोक

दार्चुला।  जिल्ला प्रशासन कार्यालय दार्चुलाले राति १० बजेपछि देउसीभैलो खेल्न रोक लगाएको छ । देउसीभैलो लगायतका सांस्कृतिक कार्यक्रम अनुशासित एवम मर्यादित रुपमा राति १० बजेसम्म मात्र खेल्न प्रशासनले अनुरोध गरेको हो ।

प्रशासनले मौलिक परम्परा संस्कृतिको संरक्षण गर्दै तथा प्रचलित कानूनको परिपालना गरी तिहार मनाउन भनेको छ । पटाका आतिशवाजी लगायतका विष्फोटक पदार्थहरुको प्रयोग, ओसारपसार तथा विक्री वितरण नगर्न अनुरोध गरेको छ ।
‘सवारी चालकले मादक पदार्थ सेवन गरी सवारी नचलाउने, क्षमता भन्दा बढी यात्रु नबोक्ने, तोकिएको भन्दा बढी भाडा नलिने तथा यात्रुलाई कुनै सहयोग आवश्यक परेमा वा कुनै गुनासो भएमा यात्रु सहायता कक्षमा सम्पर्क गर्नुहोला’, सहायक प्रमुख जिल्ला अधिकारी मोहन सिह धामीद्धारा हस्ताक्षरित सूचनामा भनिएको छ ।

चाडपर्वको बेला हुन सक्ने चोरी, डकैती तथा लुटपाटको घटना न्यूनीकरण गर्न र आ–आफ्नो धन सम्पत्तिको सुरक्षामा विशेष ध्यान दिन प्रशासनले अपील गरेको हो । सूचना विपरित कार्य गरेमा प्रचलित कानुन बमोजिम कारबाही हुने जिल्ला प्रशासन कार्यालय दार्चुलाले चेतावनी दिएको छ ।

आरुषी व्युटि पार्लर महेन्द्रनगर कञ्चनपुर
Leave A Reply

Your email address will not be published.