दुष्टहरुका चौतारीमा देशभक्तहरुको पिडा

प्रा. डा. युवराज संग्रौला

यदि गहिरिएर हेर्ने हो भने, राजनीति र प्रशासनतन्त्र तथा बिश्वबिद्धालय भित्र देशको बारेमा संधै हित चिताउने देशभक्तहरुको ठुलो संख्या भेटिन्छ। उनिहरु पदक र पुरस्कार होइन, रास्ट्रको उन्नति र भविस्यका लागि काम गरीरहेका हुन्छ्न। उनिहरु बोल्दैनन किनकी उनीहरुको आवाज वरीपरीको बाताबरणले दवाएको हुन्छ।

१. बिगत ३७ बर्षको शासनकालमा यस्ता व्यक्तिहरुको पतन र पलायन, माहामारीको रुपमा भयो। अहिले देशमा हरेक क्षेत्रमा भरपर्दा दस जना बिज्ञ पाउन हम्मे हम्मे पर्छ। पहिलो कारण त देश भित्र राजनीति नेताको चाकरीप्रथामा पन्पिएको दुष्ट संस्कृतिको चंगुलको शिकार हुनुपर्ने डरले धेरैले देश छोडे र “दिमागको बिदेश बसांइसराइ” नेपालको नियति बन्न पुग्यो। आज देशमा सिहंदरबार जलाउने, अरुको बिरोध गर्दै आफू उस्को ठाउँमा पुगेर लुट्ने, देश बेच्न प्रतिस्पर्धा गर्ने, र लाज सरम छोडेर धर्म, संस्कृति र रास्ट्रीए स्वाभिमान बेच्न तयार हुने जत्थाको बिगबिगी छ, जो सामाजिक संजालमा अस्लिलता र असभ्यता प्रकट गर्छ र गालीगलौजको भाषा बोलेर आत्मसन्तुष्टि व्यक्त गर्छ। अर्कातिर बचेका देशभक्तहरु आफ्नो कर्मक्षेत्रमा आंतकित छन र छेउकुनामा जीवन यापन गर्छन। उसमाथी दलका नेता र राजनीति तिकडमबाट पद हत्याएकाहरुको दमनको खतरा संधै हुन्छ। उसका छेउमा बसेको दुष्टहरु पदक लिन रास्ट्रपतिको कार्यलय पुगेको देख्दा उस्को आत्म रुन्छ तर पनि उस्ले कृत्रीम हांसो हांस्न जानेको छ।

२. राजनीति दलका नेताज्युहरु, आज तंपाइहरु देशमा षड्यन्त्र भएको ठान्नुहुन्छ तर “यदि यो षड्यन्त्र नै हो भने पनि त्यस्को कारण त तंपाइहरु नै हो, अर्थात तंपाइहरुकै भुत षड्यन्त्रको कर्ता हो।” तपाईं आज होइन, तंपाइकै कारणले हिजैबाट घेराबन्दी हुनुहुन्थ्यो। तंपाइका कार्यकता त बिदेशीका घरका सदस्य थिए। आज देश जल्यो, तर जलाउनेहरु तंपाइहरुकै घरमा हुर्कीएका मान्छे हुन भन्ने थाह छ? हिजो यी पोथ्राहरु तंपाइकै अलिसान बैठकमा तंपाइस्ंगै तस्बिर खिच्दै देखिन्थे। यस्ता तंपाइहरुका अबैध सन्त्तान्हरु आफै परपिडक घृणाको संस्कृति र अरुको सामाजिक अवसानमा सरीक “नेपोकिड्स” थिए, तर उनिहरुनै अरुलाइ “नेपोकिड्स” बनाएर घृणा रोपिरहेका थिए। यस्ताका आंतकले देशका थुप्रै “देशभक्त र प्रतिभाहरुले” पेटपाल्न आफ्नो पहिचान गुमनाम पारीदीए।

३. बिगत ३७ बर्ष पहिला पंचायती शासनमा राजनीतिको दमनले मानिसहरु पीडित थिए। थुप्रैले चुपचाप मास्टरको जागीरमा जीवन गुजार्नु पर्थ्यो र उनीहरु स्वतन्त्रता र समृद्धिका लोभले “भित्र भित्रै तंपाइको संगठन बिस्तार गर्न र तंपाइलाइ पाल्न” बाध्य भए। तर जब देशमा २०४६ साल आयो, तब तंपाइहरुका अगाडी पछाडि भात होइन सुन खानेको जमात बढ्यो र “देशभक्त र इमान्दारहरुको प्रतीभाको हत्या भयो।” आज देश यहाँ पुग्यो।

आज देशको अगाडी अँध्यारो छ, भबिस्यमा तुवाँलो लागेको छ। यो देश कसैले निल्ने त होइन भनेर केही बोल्न सक्ने र “ज्यानको पर्वाह नगर्नेहरु चेतावनी दिई रहेका छ्न, तर यस्ता चेतावनीलाई देशका लागि एउटा सिन्को नंभाचेकाहरु कोठा भित्र बसेर “षड्यन्त्रको सिद्धान्त बोल्नेहरु भन्दै उन्का बिस्लेषणलाइ “लाटा देशका गांडा तन्नेरी” भनेर ब्यंग हानीरहेका छ्न। अर्थात “देशको बौद्धिक्ता स्युडो (अर्ध) ज्ञानिको कृडास्थल बनेको छ।”

नेताज्युहरु,
देशको यो विषम उत्कर्स तंपाइहरुको बिगत ३७ बर्षको भांडभैलो, बिचारको पतन, सामन्ती सोच, इगो, र धनको भोकको कारणले उत्पन्न भएको हो। आज तंपाइको यो दसा हुन दृश्य अदृश्य खेलको हात छ। तर तंपाइका हात पनि फोहोर छ्न। हिजो यी दृश्य अदृश्य तत्वकै चौकिदारी तंपाइले गर्नु भयो। तंपाइहरुले प्रतिभा र देशभक्तलाई मट्टीतेल छ्याप्नु भयो। त्यसैले तंपाइका बिदेशीका गोठमा हुर्केका सन्तानले तंपाइकै घरमा आगो लगाए। तर, अझै तंपाइहरु हिजोको दिन फर्कने प्रतिक्षामा हुनुहुन्छ! त्यो केवल मृगतृष्णा मात्र हो। आफ्नो बिचारको पक्षपोषण र देशको रक्षालाई अत्ममा राखेर आफुलाइ परीवर्तन गर्नुहोस।

✍️ प्रा. डा. युवराज संग्रौला

Leave A Reply

Your email address will not be published.

error: Content is protected !!