मौनता

योगेन्द्र सिंह धामी

धेरै सुन्नुहोस्, थोरै बोल्नुहोस्
मुख होइन, मौन बनोस् तपाईंको शक्ति

जीवनले सिकाउँछ —
सबै कुरा सुन्न सकिन्छ,
तर सबै ठाउँमा बोल्न मिल्दैन।

कसैको घरमा जाँदा — मौनतामा शिष्टता हुन्छ।
कसैको दुःखमा — मौनतामा साथ हुन्छ।
कसैको रिसमा — मौनतामा बुद्धि हुन्छ।
कसैको गल्तीमा — मौनतामा क्षमा हुन्छ।

बोल्नुभन्दा अगाडि सोच्न सिक्नुहोस्,
के यो कुरा आवश्यकीय छ?
के यसले फाइदा गर्छ?
के म भन्दा राम्रो मौनता हुन्थ्यो?

मौनता कमजोरी होइन — गहिरो चेतना हो।
जुन ठाउँमा शब्द हार्छ, त्यहाँ मौन जित्छ।

– भीडमा हल्ला नगर्नुहोस्,
– बहसमा आगो थप्नुहोस्,
– र कुन कुरा कहिले बोल्ने भन्ने कला सिक्नुस्।

किनभने,
बोल्ने शब्द तपाईंको चरित्र देखाउँछ,
र मौनता तपाईंको स्तर।

“सबै सुन्ने तर थोरै बोल्ने मान्छे कहिल्यै पछुताउँदैन।
तर, जुन मुखले जहाँपायो त्यहीं बोल्छ,
त्यो जीवनभर चुप लगाइन्छ।”

– मौनता, संयमता र विवेकको अभ्यास हो उच्च जीवन।

✍️ योगेन्द सिंह धामी 

Leave A Reply

Your email address will not be published.

error: Content is protected !!