मोटरसाइकल दुर्घटना हुँदा एकै परिवारका ३ जना घाइते

दार्चुला । कैलालीमा मोटरसाइकल दुर्घटना हुँदा एकै परिवारका ३ जना घाइते भएका छन्। टिकापुर तर्फ गइरहेको नम्बर नखुलेको मोटरसाइकल अनियन्त्रित भएर दुर्घटना हुदामोटरसाइकल चालक २८ वर्षीय श्रीराम चौधरी सहित उनकी २५ वर्षीय श्रीमती ज्ञानु चौधरी र ३ वर्षीय छोरा करन चौधरी घाइते भएका प्रदेश ट्राफिक प्रहरी कार्यालय अत्तरियाले जनाएको छ।
अहिले उहाका छोराको अवस्था गम्भीर रहेको छ भने दुवै श्रीमान श्रीमती सामान्य घाइते भएका छन।घाइतेहरुको लम्की अस्पतालमा सामान्य उपचार पछि थप उपचारका लागि कोहलपुर रेफर गरिएको प्रहरीले जनाएको छ।

Leave A Reply

Your email address will not be published.