राष्ट्रपति पौडेलले बहिनीहरूबाट लगाए तिहारको टीका

काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले बहिनीहरू शारदा पण्डित र चन्दा ओझाको हातबाट शुभसाइतमा टीका लगाएका छन् ।

विहिबार राष्ट्रपति भवन शितल निवासमा ११ बजेर ३९ मिनेटको शुभसाइतमा राष्ट्रपति पौडेलले बहिनीहरू शारदा र चन्दाको हातबाट टीका लगाएको राष्ट्रपतिको स्वकीय सचिवालयले जनाएको छ ।

नेपाल पञ्चांग निर्णायक समितिले यस वर्षको भाइटीकाको उत्तम साइत बिहान ११ बजेर ३९ मिनेटका लागि निर्धारण गरेको थियो । भाइटीकाको उत्तम साइत तय गरिए पनि दिनभर नै टीका लगाउन सकिने समितिले जनाएको छ ।

Leave A Reply

Your email address will not be published.

error: Content is protected !!