दार्चुला । दार्चुलाको मालिकार्जुन गाउँपालिका वडा –३ भौतडी (चौरिया) बस्ने वर्ष ८ की रक्षा धामीको उपचारमा सहयोग पु¥याईदिन घर परिवारले आग्रह गरेको छ । रक्षाका बुवा दिपेन्द्र सिह धामीले दिएको जानकारी अनुसार उनकी छोरी (नेप्रोलोजी किट्नी) मृगौला रोगबाट पिडित भएको बताएका छन ।
सामान्य काम गर्ने दिपेन्द्रले छोरीको उपचार तथा जीवन रक्षाको लागि दयालु मन तथा सहयोगी हातको खोजिमा रहेको सुनाएका हुन । गाउँकै स्थानीय सामुदायीक विद्यालयमा पढ्ने रक्षा धामीलाई एक्कासी (नेप्रोलोजी किट्नी ) मृगौला सम्बन्धी रोग सुरू भएपछि अहिले उपचारमा समस्या भएको बताएका छन ।
(नेप्रोलोजी किट्नी) मृगौला रोगबाट पिडित छोरीको उपचारका लागि विभिन्न अस्पतालहरुमा उपचार गराउदा रोग पत्ता नलगेपछि उनलाई अहिले काठमाडौस्थित कान्तिबाल अस्पताल माहाराजगंजमा पु¥याएर उपचार भइरहेको बुवा दिपेन्द्रले बताएका छन ।
मलिन अनुहारले दिपेन्द्रले भने–‘समयमा उपचार गरेमा छोरी बाँच्छे डाक्टरले भनेका छन् । म सँग उपचारको लागि पैसा छैन् । कसरी छोरीलाई बचाउने हो । सहयोगी हात र सहयोगी मनको खोजिमा छु ।’ उनी सामान्य र दैनिक काम गरेर गुजारा चलाउने परिवारका हुन ।
उनी र उनको परिवार रक्षाधामीलाई लागेको विमारको कारण झनै चिन्तित बनेको छ । परिवारको अवस्था कमजोर भएकै कारणले दयालु मन तथा सहयोगी हातको खोजिमा रहेको सुनाएका हुन । आर्थिक अवस्था कमजोर भएकै कारण सामाजिक संञ्जालबाट आर्थिक सहयोगको अभियान संञ्चालन गरेको बताएका छन ।
सहयोग गर्न चाहने मनकारी व्यतिहरुले दिपेन्द्र सिंह धामीको आफ्नै मोबाइल न. ९७६१९४३३३६ गर्न तथा ग्लोबल आइएमई बैंक लिमिटेडको खाता न. ०३३०७०१२९३१२२७ र भारतका लागि फोन पे र ग्लोबल आइएमई बैंकको क्यूआर फेसबुकमा राखेको बताएका छन् ।
उनीहरुसंग छोरीको उपचारका लागि श्रोत साधन नभएकाले समस्यामा परेको जनाउदै स्थानीय उद्व सिह धामीले सहयोगी हातहरु सँग छोरीको उपचारमा सहयोग गरिदिन आग्रह गरिएको पनि बताए ।