मेसीसहितको अर्जेन्टिनी फुटबल टिम भारत नआउने

काठमाडौं । अर्जेन्टिना फुटबल टिमको भारत भ्रमण स्थगित भएको छ ।

लियोनेल मेसीसहितको अर्जेन्टिनी तिओम अर्को महिना भारतको केरला भ्रमण गर्ने तालिका रहेको थियो । नोभेम्बर १७ मा कोच्चिको जवाहरलाल नेहरू स्टेडियममा हुने खेल स्थगित भएको हो ।

यो जानकारी मैत्रीपूर्ण खेलको प्रायोजक रिपोर्टर ब्रोडकास्टिङ कम्पनीका प्रबन्ध निर्देशक एन्टो अगस्टिनले सामाजिक सञ्जालमा साझा गरेका थिए । उनले अब फिफाको अर्को अन्तर्राष्ट्रिय खेल विन्डोमा यो खेल हुनसक्ने र यसका लागि छलफल जारी रहेको बताएका छन् ।

एन्टो अगस्टिनले भनेका छन्– खेलको लागि फिफा अनुमति प्राप्त गर्न ढिलाइ भएको कारणले गर्दा अर्जेन्टिना फुटबल संघ (एएफए) सँगको बैठक पछि निर्णय गरिएको हो ।’

Leave A Reply

Your email address will not be published.