दार्चुला । दार्चुलाको मालिकार्जुन गाउँपालिका वडा ३मा अवस्थित राष्ट्रको सातौँधाम मालिकार्जुन मन्दिरमा लाग्ने रात्रीकालीन जात्राको सुरक्षामा जिल्लास्थित सुरक्षा समितिको पुरै टिम परिचालन हुने भएको छ ।
आइतबमर आज मन्दिर परिषरमा बसेको बैठकले यसबारे सरोकारवाला निकायहरुलाई जानकारी समेत गराएको छ । कार्तिक शुक्ल चतुर्दशीका दिन मालिकार्जुन धाममा लाग्ने जिल्लाकै ठूलो जात्रालाई व्यवस्थित गर्न जिल्लास्थित सुरक्षा समितिको पुरै टिम परिचालन हुने जिल्ला प्रहरी कार्यालय दार्चुलाका प्रहरी प्रमुख डिएसपी गौरव महतले जानकारी दिए ।
यसका लागि जिल्ला प्रहरी कार्यालय र सशस्त्र प्रहरी बलले जात्रा व्यवस्थापनका लागि एकिकृत सुरक्षा योजनाको खाका मोटामोटि रुपमा बनाइएको बताएका छन ।
सुरक्षा योजना अन्तरर्गत आजको बैठकबाट प्राप्त भएका सुझावहरुलाई राखेर अन्य थप परिमार्जन गर्दै अन्तिम रुपदिने तयारी भएको डिएसपी महतले बैठकमा ब्रिफिङ गरेका छन ।
मालिकार्जुन जात्राको अवधिभर महाकाली राजमार्गका विभिन्न क्षेत्रमा चेकजाचमा कडाई गरिने बताए । जात्राअवधिभर जिल्लास्थित सुरक्षा समितिको पुरै टिमले संयुत रुपमा गस्तीगर्ने छ । यो वर्ष जात्राको अवधिभर नागरीकता साहयता कक्ष समेत स्थापाना गरिने भएको छ ।
जात्रामा कोही व्यति हराएमा वा समान चोरी भएमा मालिकार्जुन प्रहरी चौकीमा नागरीकता साहयता कक्ष स्थापना गरिने डिएसपी गौरव महतले जानकारी दिए । कमाण्ड सेन्टर अन्तरर्गत डिएसपी गौरव महत लगायत सशस्त्र प्रहरी बलका डिएसपी सहित सुरक्षा समितिको पुरैटिमले जात्राको सुरक्षा दिने सुरक्षा समितिले जनाएको छ ।
एम्बुलेन्स र स्वास्थ्यकर्मीहरुको व्यवस्थापन स्थानीयलाई जिम्मेवारी तोकिएको छ । यसको समन्वय गर्ने जिम्मेवारी प्रमुख जिल्ला अधिकारीलाई दिइएको छ । अस्थाई होल्डिङ सेन्टर ठाउँ—ठाउँमा स्थापना गरिने भएको छ । होल्डिङ सेन्टरमा सरकारले बन्चित गरेका चिजबस्तुहरु राखिनेछन् ।
मापसे चेकजाचमा अत्यन्त कडाई गरिने भएको छ । कार्तिक १२ गतेबाट जाडरक्सीहरु पुर्ण रुपमा बन्द गरिने भएको छ । जात्राअवधिभर राजमार्ग तथा गाउँबस्तीहरुमा जाडरक्सी तथा अवाञ्छित गतिविधि हुन नदिन मार्किङ गर्ने सुरक्षा समितिले जनाएको छ ।
जात्रालाई शान्त मर्यादित भइरहित रुपमा सम्पन्न गर्नका लागि गत वर्षभन्दा यो वर्ष सुरक्षाकर्मीको टोली बढि खटाइने बताइएको छ । सादापोसाकमा समेत सुरक्षाकर्मी परिचालन गरिने भएको छ । जात्राको दिन सवारी साधनहरुमा समेत क्षमता भन्दा बढि यात्रु बोकेका पाइएमा चालकहरुलाई कारबाही गरिने भएको छ ।
जात्रा अवधिभर कुनै किसिमका अपराधीक घटनाहरु तथा सडक दुर्घटना हुननदिन व्यापक रुपमा प्रहरी परिचालन गरिने डीएसपी महतले बताए । गतबर्षको भन्दा सुरक्षाको दृस्टिकोणले योवर्षको जात्रा झन राम्रो हुने आकलन गरिएकोछ ।
जिल्लाको प्रमुख धार्मिकस्थल मालिकार्जुन मन्दिरको रात्रीकालीन जात्रा दर्शन गर्न सुदूरपश्चिमभर तथा मित्रराष्ट्र भारतको उत्तराखण्ड राज्यका मानिसहरु आउने गरेका छन् । रात्रीकालीन जात्राको अघिल्लो दिन अर्थात् कार्तिक शुक्ल त्रयोदशीका दिन शिखर धुरामा पूजन जात्रा लाग्ने गर्दछ ।
रात्रीकालीन जात्राको आवश्यक तयारी अन्तिमचरणमा रहेको मन्दिर व्यवस्थापन समितिले जनाएको छ । जात्रा अवधिभर उक्त क्षेत्रमा मदिरा सेवन, बिक्री, बितरण, जुवा तास खेल्न खेलाउन पुर्णतया रोक लगाइएको व्यवस्थापन समितिले पनि जनाएको छ । जात्रामा नेपाल प्रहरी, सशस्त्र प्रहरी बल र सादा पोशाकका अन्य सुरक्षाकर्मी पनि परिचालन गरिने छ । यो वर्षको मालिकार्जुन जात्रा कार्तिक १८ गते मंगलबार राती लाग्दैछ ।

