बैतडीमा प्रधानमन्त्री कप : एकदिवसीय क्रिकेट कात्तिक २१ देखि हुने

बैतडी : प्रधानमन्त्री कप एकदिवसीय क्रिकेट प्रतियोगिताको बैतडी छनौट कात्तिक २१ गतेदेखि हुने भएको छ ।

बैतडी जिल्ला क्रिकेट संघको आयोजनामा सञ्चालन हुने यो प्रतियोगितालाई बिडिसिए कप २०८२ को नाम दिइएको छ। बिडिसिए कपको यो २२ औं संस्करण समेत हो ।

यो प्रतियोगिता टर्फ पिचमा खेलाइनेछ। नेपाल क्रिकेट संघको सहयोगमा दशरथचन्द खेलमैदान, सुन्दरखालीमा गत वर्ष टर्फ पिच निर्माण गरिएको थियो। प्रतियोगिताका लागि टिम दर्ता खुला गरिएको रहेको बैतडी जिल्ला क्रिकेट संघका सचिव सिद्धराज बोकटीले जानकारी दिए ।

जिल्ला क्रिकेट संघमा आबद्ध क्लब मात्रै प्रतियोगितामा सहभागी हुन पाउनेछन्। प्रतियोगितामा सहभागी हुन चाहने टिमलाई कात्तिक १५ गतेसम्म दर्ता गरिसक्नुपर्नेछ। टिम दर्ता शुल्क १५ हजार तथा क्लब नवीकरण शुल्क ३ हजार राखिएको छ ।

लिग कम नकआउट आधारमा खेलाइने प्रतियोगितामा सहभागी प्रत्येक टिमको अन्तिम ११ मा अनिवार्य रूपमा ४ खेलाडी २३ वर्षमुनिको हुनुपर्ने जनाएको छ ।

प्रतियोगिताका विजेताले एक लाख र उपविजेताले ५० हजार पुरस्कार पाउने बैतडी जिल्ला क्रिकेट संघका अध्यक्ष विनोदबहादुर चन्दले जानकारी दिए ।

यस्तै म्यान अफ द सिरिजलाई १० हजार, बेस्ट बलर र बेस्ट ब्याटरलाई जनही पाँच हजार पुरस्कार प्रदान गरिनेछ। प्रत्येक खेलका प्लेयर अफ द म्याचलाई एक हजार पुरस्कारको समेत व्यवस्था गरिएको छ ।

Leave A Reply

Your email address will not be published.