रास्वपा दार्चुलाको सभापतिमा राजेशसिंह सामन्त चयन

दार्चुला । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को जिल्ला सभापतिमा राजेश सिंह सामन्त चयन हुनुभएको छ ।

सोमबार (आज) जिल्ला सदरमुकाम खलंगामा आयोजना भएको रास्वपाको दोस्रो जिल्ला भेलाबाट सामन्तलाई सभापति र उपसभापतिमा सुरेन्द्र बहादुर खडायतलाई उपसभापतिमा चयन गरेको हो ।

नेपाली कांग्रेश निकट शिक्षक संघ र शिक्षक महासंघ दार्चुलाका पूर्व अध्यक्ष समेत रहनुभएका सामन्तले अब सशक्त ढंगले रास्वपामा क्रियाशील भएर काम गर्ने प्रतिकृया दिएका छन ।

जिल्लामा राष्ट्रिय स्वतन्त्र पार्टीको संगठन विस्तार गर्ने तथा जिल्लाको विकासका लागि वडास्तरबाट सुझाव संकलन गरेर माथि पुर्याउने र जिल्लालाई घण्टीमय बनाउने सामन्तको भनाई छ । दोस्रो जिल्लामा उनले रास्वपा सभापति रवि लामिछानेमाथि प्रतिशोध भएको पनि बताए ।

पछिल्लो समय रास्वपा वा रविको छवी केही धमेलिएको स्वीकार गर्दै उहाँले रवी लामिछाने, आफु वा अरु कसैको मृत्यु भएपनि रास्वपा नसकिने स्पष्ट पार्दै संकटको बेला साथ छोड्नुभन्दा साथ दिने आफ्नो स्वभाव रहेको बताए ।

जिल्ला भेलामा रास्वपा सुदूरपश्चिम प्रदेश सभापति इन्जिनियर प्रकाश बिष्ट, प्रदेश महामन्त्री सन्तोष जोशी, संस्थापक महामन्त्री भोजराज जोशी (क्वालिटी) सहित जिल्लास्तरीय नेताहरूको आतिथ्यता रहेको थियो ।

पछिल्लो समय रास्वपाले दार्चुलामा संगठन विस्तार अभियान तिब्र पारेको छ । रास्वपाले चुनाव केन्द्रीत भएर काम गर्ने प्रदेश महामन्त्री जोशीले जानकारी दिए ।

आरुषी व्युटि पार्लर महेन्द्रनगर कञ्चनपुर
Leave A Reply

Your email address will not be published.