दार्चुला घरभएका प्रहरी जवान थापाको हत्यामा संलग्न थप दुई जना पक्राउ

काठमाडौं । प्रहरी वृत्त महाराजगन्जका जवान उत्तम थापाको हत्यामा संलग्न थप दुई जना पक्राउ परेका छन् । सोमबार प्रहरीले थप दुई जनालाई नियन्त्रणमा लिएको काठमाडौं उपत्यका प्रहरी कार्यालय रानीपोखरीले जानकारी दिएको छ ।
भदौ २४ गते प्रहरी वृत्त महाराजगन्जमा कार्यरत प्रहरी जवान उत्तम थापालाई प्रदर्शनकारीहरूले कुटपिट गरी हत्या गरेका थिए ।

उनीमाथि कुटपिट गरेको आरोपमा प्रहरीले सुकेधाराबाट २२ वर्षीय अलिष श्रेष्ठलाई पक्राउ गरेको हो।

उनी सिन्धुली घर भई सुकेधारा बस्दै आएका छन्। उनले प्रहरी जवान थापामाथि कुटपिट गर्नुको साथै प्रहरी वृत्तमा आगजनी तथा तोडफोड समेत गरेको आरोप छ ।त्यस्तै सोमबार नै सुकेधाराबाटै रसुवा घर भई मनमैजु बस्ने २७ वर्षीय सौरभ तामाङलाई पक्राउ गरेको छ ।

उनीहरूलाई सिसिटिभी फुटेजको आधारमा पक्राउ गरेको हो ।दुबै जनालाई प्रहरी वृत्त महाराजगन्जमा राखेर प्रहरीले अनुसन्धान अघि बढाएको छ । यसअघि प्रहरीले हत्यामा संलग्न भएको आरोपमा १० जनालाई पक्राउ गरिसकेको छ ।

आरुषी व्युटि पार्लर महेन्द्रनगर कञ्चनपुर
Leave A Reply

Your email address will not be published.