दार्चुलाको उच्च हिमाली क्षेत्रमा हिमपात, चिसो बढ्यो

दार्चुला । दार्चुलाको उच्च हिमाली क्षेत्रमा हिमपात भएको छ। मौसम परिवर्तन भएसंगै ब्याँस गाउँपालिका वडा नम्बर १ मा पर्ने उच्च हिमाली क्षेत्रमा हिमपात भएको
सशस्त्र प्रहरीले जनाएको छ । उच्च हिमाली क्षेत्रमा हिमपात भएसंगै तापक्रम माइनसमा झरेर चिसो ह्वात्तै बढेको बताइएको छ ।

माैसम बदली भए संगै छाङरु र तिंकरमा हाल सम्म हिमपात नभएको जानकारी छ । छाङरुकाे तापक्रम माईनस दुई मा झरेकाे बताइएकाे छ ।
Leave A Reply

Your email address will not be published.