दार्चुला । दार्चुलाको लेकम गाउँपालिका २ सल्याडीका वीर सिंह कार्कीका १९ वर्षीय छोरा गाणेश सिंह कार्की विगत ५ दिन देखि वेपत्ता रहेको पारिवारिक स्रोतले जानकारी दिएको छ ।
राम्रो संग आँखा नदेख्ने गणेश विगत ५ दिन देखि सम्पर्क विहिन भएको उनका काका गोविन्द कार्कीले जानकारी दिए । आफनै घरमा रहेका गणेश एक्कासी सम्पर्क विहिन भएको बताइएको छ ।
बेपत्ता गणेशका बुवा रोजगारीको लागि भारतमा रहेको र छोरा बेपत्ता भएपछि वीरसिंह कार्की घर फर्कने तयारीमा रहेको उनले बताए ।
बेपत्ता कार्कीलाई कही कतै देख्नुभए वा उहाँको अवस्थाबारे जानकारी भएमा गोविन्द सिंह कार्की बेपत्ता गणेशका काका) ९८४५८१०६४७ सम्पर्क गरिदिन वा नजिकको प्रहरीलाई जानकारी दिन परिवारजनले आग्रह गरेको छ ।