पाङ्ला महोत्सवमा गोरखनाथ सचेतना समाजका स्थानीय बाजागाजासहित झाकी प्रदर्शनमा सहभागि(तस्विर सहित)

दिपक खाती । भारतको उत्तराखण्ड प्रदेशको पिथौरागढ जिल्लाको धारचुला तहसिल अन्तर्गत ग्रामसभा पाङ्लामा महोत्सवमा नेपालको तर्फबाट समेत सहभागिता जनाइएको छ ।

२०२५ अक्टोबर २८ देखि सुरु भएको पाङ्ला महोत्सवमा दार्चुलाको ब्याँस गाउँपालिका वडा -४ सुन्सेराका जय गोरखनाथ सचेतना समाजका पदाधिकारी,सदस्य एवं सुन्सेराका स्थानीय बाजागाजा स्थानीय पहिरन सहित नेपाली झण्डा बोकेर आफ्नो झाकी प्रदर्शन गरेको जय गोरनाथ सचेतता समाज सुन्सेराका सूचना अधिकारी आयुस कुवरले जानकारी दिए ।

ब्याँस गाउँपालिका भारत शीत खुल्ला सिमाना जोडिएको गाउँपालिका भएकोले सीमावारिपारिका स्थानीयहरुको सामाजिक,सांस्कृतिक र पारिवारिक सम्बन्धकायम गरेको बताएका छन । भारतको पाङ्ला गाउँमा बस्ने बिष्ट जाती र नेपालको ब्याँस गाउँपालिका वडा-४ डोकटमा बस्ने बिष्ट एकै परिवार हुन । यस्तै पाङ्लामा बस्ने बडाल जाती र नेपालको दुहुँ गाउँपालिका वडा – २ हिकिला बस्ने बडाल एकै परिवारको बासिन्दा रहेको स्थानीय आयुस कुवरले जानकारी दिए ।

ब्याँसको हुती,धौलाकोट,सुन्सेरा,डोकट, चुकपानी र माल गाउँको पाङ्ला गाउँ शीत वैवाहिक सम्बन्ध समेत रहेको उनले बताए । दुई देशको आपसी सद्भाव कायम गर्न र सिमा क्षेत्रका नागरिक बीच मैत्रीपुर्ण सम्बन्ध प्रगाढ बनाउन एक

अर्काको संस्कृत आदानप्रदान गर्न छिमेकी देश नेपालको ब्याँस गाउँपालिका वडा ४ सुन्सेरालाई आयोजकले निमन्त्रणा गरेको जय गोरनाथ सचेतता समाज सुन्सेराका सूचना अधिकारी आयुस कुवर जानकारी दिए ।

 

Leave A Reply

Your email address will not be published.