दार्चुलाको मालिकार्जुन गाउँपालिकामा सोमबार र मंगलबार सार्वजनिक बिदा

दार्चुला । दार्चुलाको मालिकार्जुन गाउँपालिकाले दुई दिन सार्वजनिक बिदा दिएको छ । राष्ट्रको सातौं धामको रुपमा परिचित मालिकार्जुन धाममा जात्रा लाग्ने भएकाले सार्वजनिक बिदा दिइएको स्थानीय तहले सूचना प्रकाशन गर्दै जानकारी दिएको छ ।

आउँदो सोमबार कार्तिक १७ गते त्रयोदशीका दिन शिखर पूजनजात्रा लाग्ने तथा भोलिपल्ट कार्तिक १८ गते मंगलबार चर्तुदशी तिथिमा मालिकार्जुन धाममा रात्रीकालीन विशाल जात्रा लाग्ने भएकाले गाउँपालिका क्षेत्रभित्रका सरकारी तथा गैरसरकारी निकाय, शिक्षण संस्था लगायत बन्द रहने सूचनामा उल्लेख गरिएको छ ।

ऐतिहासिक शिखर पूजनजात्रा तथा रात्रीकालीन जात्रालाई सभ्यभब्य र सम्झनयोग्य बनाउनका लागि सम्बन्धसबैमा पालिकाले अनुरोध गरेको छ । साथै कार्तिक ९ गते मालिकार्जुन मन्दिर परिसरमा बसेको जिल्ला सुरक्षा समितिको सर्वपक्षीय बैठकले गरेका निर्णयहरुको पूर्णपालना गर्न भनेको छ ।

प्रसिद्ध मालिकार्जुन धाममा कार्तिक शुक्ल त्रयोदशी र चतुर्दशीका दिन ठुलो मेला लाग्ने गर्दछ । सो मेलामा नेपालका मात्रै नभएर भारतीय दर्शनार्थीहरु समेत पुग्ने गरेका छन् । शैल्य मालिकार्जुनको दर्शन गरेमा मनोकामना पूर्ण हुने जनविश्वास रही आएको छ ।

मालिकार्जुन मन्दिरमा लाग्ने जात्रालाई शान्तपूर्ण रुपमा सम्पन्न गर्नका लागि मेलास्थललाई मदिरा तथा जुवातास निषेधित क्षेत्र घोषणा गरिएको छ । कसैले मदिराको कारोबार तथा सेवन गरेमा कानुन अनुसार कारवाही हुने प्रहरी कार्यालय दार्चुलाले चेतावनी दिएको छ ।

सार्वजनिक सूचना

आरुषी व्युटि पार्लर महेन्द्रनगर कञ्चनपुर
Leave A Reply

Your email address will not be published.