दार्चुलाको जगन्नाथ मन्दिरमा आज रात्रिजालिन जात्रा लाग्दै

दार्चुला ।दार्चुलामा रहेको प्रसिद्ध जगन्नाथ मन्दिरमा आज राति जात्रा लाग्दैछ। हरेक वर्ष कार्तिक हरिबोधनी एकादशी तिथिका दिन जगन्नाथ मन्दिरमा पूजाआजासहित जात्रा लाग्ने गरेको छ। दार्चुलाको शैल्यशिखर नगरपालिका -५ बगौरा लेकगाउमा अवस्थित जगन्नाथ मन्दिरमा लाग्ने जात्रालाई मध्य नजर गर्दै मदिरा तथा जुवातास पुर्ण रुपमा निशेध गरिएको मन्दिर ब्यबस्थापन समितिले जनाएको छ।
पवित्र मनले जगन्नाथको दर्शन गर्नाले पूण्य मिल्ने , मनोकामना पूरा हुने र खासगरी निःसन्तालाई सन्तान सुख प्राप्त  हुने जनविश्वास रही आएको छ । जात्रालाई थप मर्यादित बनाउन प्रहरी परिचालन गरिने जिल्ला प्रहरी कार्यालय दार्चुलाले जनाएको छ।

 

आरुषी व्युटि पार्लर महेन्द्रनगर कञ्चनपुर
Leave A Reply

Your email address will not be published.