तिमी पार्टीका गुलामहरू

प्रा. डा. मन प्रसाद वाग्ले

गिर्दै गिर्दै तरल मतिले काम गर्छौ तमाम
च्यात्छौ आफ्ना परिचय सबै नाम पार्टी गुलाम
खोस्छौ हाँस्दै प्रमुख पद ती भागबण्डा गरेर
रोप्छौ निक्कै बिउ कलहको स्वार्थनामी बनेर ।

आसेपासे कमसल सबै विघ्नकारी मिलेर
निल्छौ ठेक्का कमिशन कठै बन्धकी भो विवेक
पोष्दै पार्टी क्षय मुलुकको गर्न साक्षी बसेर
गाल्छौ आत्मा पतित जड भै मातृभू यो डसेर ।

पिट्दै डंका भ्रम लहरको लास मात्रै बनेर
बोक्छौ झण्डा अमुक दलको दास मात्रै बनेर
पार्टी नेता वरपर बसी भाष्य चर्को बनाई
स्वार्थी बन्छौ दिलखुस गरी देश खाल्डो गराई ।

होलान् गाडी महल गतिलो बैंक खाता दरिलो
आम्दानीका सयतिर खुला स्रोत होलान् भरिलो
भोग्नेछौ के अपच धन यी मेख मार्दै समाज?
भ्रष्टाचारी घर घर चुनी थुत्नु पर्ने छ आज ।

✍️ प्रा. डा. मन प्रसाद वाग्ले

आरुषी व्युटि पार्लर महेन्द्रनगर कञ्चनपुर
Leave A Reply

Your email address will not be published.