शैल्यशिखर नगरपालिकाले दियो ट्राफिक प्रहरीलाई ब्रेथलाईजर मेसिन ,मालिकार्जुन जात्रामा मापसे परिक्षण हुने
दार्चुला । दार्चुलामा सवारी चालकले मादक पदार्थ सेवन (मापसे) गरे नगरेको जाँच हुने भएको छ । शैल्यशिखर नगरपालिकाले ईलाका प्रहरी कार्यालय गोकुलेश्वरलाई (मापसे) परिक्षण गर्ने ब्रेथलाईजर मेसिन उपलब्ध गराएसँगै जिल्लामा अब मापसे परिक्षण हुने भएको हो ।
भोली मंगलबार राती लाग्ने मालिकार्जुन जात्रालाई मध्यजनर गदैँ नगरपालिकाले ब्रेथलाईजर मेसिन प्रहरीलाई दिएको जनाएको छ । भोली जात्रामा मापसे परिक्षण हुने बताइएको छ । सवारी चालकले सवारी चलाउँदा मादक पदार्थ सेवन गरे नगरेको परिक्षण गर्न र दुर्घटना न्यूनिकरणका लागि दुई थान ब्रेथलाईजर मेसिन खरिद गरि इलाका प्रहरी कार्यालय गोकुलेश्वरलाई हस्तान्तरण गरिएको शैल्यशिखर नगरपालिकाका प्रमुख प्रशासकिय अधिकृत सुरेन्द्र बहादुर बिस्टले जानकारी दिए ।
इप्रका गोकुलेका इन्चार्ज एवम् प्रहरी निरीक्षक निरज सिह भाटलाई मेसिन उपलब्ध गराएको उनले बताए । मदिरा सेवन गरेर सवारी साधन चलाउने चालकलाई नियन्त्रण तथा कारवाही गर्नका लागि ब्रेथलाईजरको आवश्यकता बुझेर सहयोग गरिएको बताइएको छ ।
सवारी चालकले सवारी चलाउँदा मादक पदार्थ सेवन गरे नगरेको परिक्षण गर्न ,दुर्घटना न्युनिकरण र मापसेका कारण हुने सवारी दुर्घटना न्युनिकरण गर्न ब्रेथलाईजर मेसिनले ठुलो सहयोग हुने इन्सपेक्टर भाटको भनाइ छ ।
मदिरा सेवन गरेर सवारी साधन चलाउने चालकलाई नियन्त्रण तथा कारवाही गर्नका लागि ब्रेथलाईजरको आवश्यकता बुझेर नगरपालिकाले सहयोग गर्नुभएकोमा इन्सपेक्टर भाटले धन्यवाद व्यक्त गरेका छन । जिल्लामा ट्राफिक प्रहरीलाई मापसे परिक्षण गर्ने ब्रेथलाईजर मेसिनको अभाव थियो ।