दार्चुला । जिल्लामा महाकाली कोरिडोर (ब्रह्मदेव–झुलाघाट–दार्चुला–टिङ्कर सडक) अन्तर्गत ३० किलोमिटर सडक कालोपत्रे गर्ने काम सुरू गरिएको छ ।
सडकलाई तीन प्याकेजमा विभाजन गरी ब्याक कटिङ, भुइँ तह, सहायक तह र मुख्य आधार तह निर्माणको काम तीव्र रूपमा अघि बढाइएको सूचना अधिकारी इन्जिनियर रामचन्द्र जैसीले जानकारी दिए ।
सलेती–बेतखण्ड १२.३ किलोमिटर र खलङ्गा–सुन्सेरा १८.५ किलोमिटर सडकमा निर्माण कार्य भइरहेको छ। सलेती–बेत खण्डको काम राजेन्द्र निर्माण सेवाले र खलङ्गा–सुन्सेरा खण्डको काम सिएबी ग्वाल्लेक जेभीले गरिरहेका छन् ।
हाल सलेती–बेत सडकखण्डमा ५३ प्रतिशत, खलङ्गा–चल्लेगडा सडकखण्डमा ५६ प्रतिशत र चल्लेगडा–सुन्सेरा सडकखण्डमा २५ प्रतिशत भौतिक प्रगति भएको छ । चालु आर्थिक वर्ष २०८२/८३ मा १० किलोमिटर सडक कालोपत्रे गर्ने लक्ष्य रहेको छ भने बजेट न्युन भएको जनाइएको छ ।