दार्चुला – बैतडीमा भिरबाट लडेर एक महिलाको मृत्यु भएको छ। सुर्नया गाउँपालिका ४ मा सोमवार भिरबाट लडेर ४२ वर्षीया तुलशी कुवँरको मृत्यु भएको हो।
आज दिउँसो १ बजे खर काट्ने क्रममा गोठाखोला भन्ने स्थानमा भिरबाट लडेर उनको मृत्यु भएको पारिवारिक स्रोतले जनाएको छ।
मृतक कुवँरका दुई छोरा एक छोरी छन्।