दार्चुला । नेकपा एमाले दार्चुलाको सचिवालय बैठक सम्पन्न भएको छ । मदन आश्रित स्मृति प्रतिष्ठान पार्टी कार्यालय खलंगा दार्चुलामा आयोजित बैठक बुधबार सम्पन्न भएको हो ।
एमाले जिल्ला कमिटी अध्यक्ष ज्ञानेन्द्र घर्तीको अध्यक्षतामा आयोजित कार्यक्रममा पोलिटब्युरो सदस्य गणेशसिंह ठगुन्नाको प्रमुख आतिथ्यता रहेको थियो। केन्द्रीय कमिटी सदस्य हरदेब जोशी, केन्द्रीय सल्लाहकार परिषद् सदस्य गणेशसिंह धामी, प्रदेश कमिटी सदस्यहरूको आतिथ्यता रहेको बैठकमा जिल्ला कमिटी पदाधिकारी, सचिवालय सदस्य, विभिन्न जनबर्गिय संगठनका अध्यक्ष लगायत सरोकारवालाहरूको सहभागीता रहेको थियो ।
बैठकले पार्टी केन्द्रको निर्णय अनुसार जिल्लाभरीका सबै वडामा कार्तिक २२ गते र नौँ वटै पालिकाहरूमा कार्तिक २५ गते विस्तारित बैठक तथा अगुवा कार्यकर्ता भेला आयोजना गर्ने निर्णय गरेको छ । यस्तै कार्तिक २९ गते दार्चुला सदरमुकाम खलंगामा बृहत सदभाव र्यालीसहित भेलाको आयोजना गर्ने निर्णय गरिएको एमाले जिल्ला कमिटी अध्यक्ष ज्ञानेन्द्र घर्तीले जानकारी दिए ।
खलंगामा आयोजना हुने बृहत र्याली तथा जिल्ला भेलामा उपस्थित हुने सहभागीको व्यवस्थापनका लागि जिम्मेवारी बाडफाड सहित समसामयिक विषयमा छलफलका साथै आवश्यक विभिन्न निर्णय गरिएको उनले बताए ।