मुग्लिन–नारायणगढ सडक : सुक्खा पहिरो खस्दा सवारी आवागमन एकतर्फी

चितवन । मुग्लिन नारायणगढ सडक खण्डको जलविरे नजिकै नारायणगढतर्फ सुख्खा पहिरो खसेपछि सडक एकतर्फी भएको छ ।

सडक डिभिजन कार्यालय भरतपुरका अनुसार पहिरो खस्दा सवारी आवागमन एकतर्फी भएको र पहिरो पन्छाउन मेशिन सम्बन्धित स्थानतर्फ पुग्दै गरेको कार्यालयले जानकारी दिएको छ । डिभिजनले पहिरो पन्छाई सवारी आवागमन दुवैतर्फ सुचारू हुन करिब १–२ घण्टा लाग्ने अनुमान गरिएको जनाएको छ ।

डिभिजनले यस क्षेत्रमा पहिरोको उच्च जोखिम भएकाले लेन अनुशासनमा रहि सुरक्षित यात्रा गर्न सबैलाई अनुरोध गरेको छ ।

Leave A Reply

Your email address will not be published.