धापमा इन्नोभेसन आई- जात्रा सम्पन्न ,विद्यार्थीको प्रतिभा प्रबर्द्धनमा सहयोग पुर्‍याएको विद्यालयको विश्वास

दार्चुला। दार्चुलाको महाकाली नगरपालिका वडा नं -७मा रहेको मालिकार्जुन मावि धापमा इन्नोभेसन आई जात्रा सञ्चालन गरिएको छ । शुक्रबार विद्यालयको प्राङ्णमा एक औपचारीक कार्यक्रमको आयोजना गदैँ विद्यालयले इन्नोभेसन आई जात्रा सञ्चालन गरेको हो । विद्यार्थीका प्रतिभा प्रस्फुटन,प्रवद्र्धन र बजारीकरण गर्नका लागि  इन्नोभेसन (आई) जात्रा सञ्चालन गरिएको विद्यालयले जनाएको छ ।

वरल्डलिंक कम्युनिकेशन को सहयोगमा इन्जिनियर्स विदाउट बोर्डर्स नेपालको आयोजनामा  मालिकार्जुन मावि धापमा ‘आई–जात्रा’ सञ्चालन गरिएको विद्यालयका प्रधानाध्यापक सुन्दर सिह बुढाथोकीले जानकारी दिए ।

विद्यार्थीले तयार पारेका नवप्रवर्तनका सामग्री, सजावटका सामग्री, हस्तकला, स्थानीय उत्पादन, स्थानीय खाना र शिल्पका सामग्री प्रदशनीको माध्यमबाट प्रदर्शनी गरिनुका साथै विक्री वितरण गरिएको विद्यालयका प्रधानाध्यपाक  बुढाथोकीले जानकारी दिए । विद्यार्थीको प्रतिभा प्रवद्र्धन र सामग्री किनेमेलमा यो कार्यक्रमले सहयोग पुर्‍याएको उनले बताए ।

वरल्डलिंकका प्रवर्द्धक अनुपा भण्डारीले कार्यक्रम संचालन र यसको उद्देशबारे जानकारी गराएकी थिइन् । विद्यालय परिषरमा विद्यार्थीहरुले आफूले बनाएका विज्ञान प्रविधिका सामग्री, हस्तकला, सजावटका सामग्री प्रदर्शन गर्नुका साथै स्थानीय परिकारसमेत तयार पारेका थिए । उक्त सामग्री र उत्पादनहरुलाई सहभागीहरुले अवलोकन गरेका थिए । आई- जात्रामा अन्य विद्यालयका शिक्षक, विद्यार्थी लगायत अभिभावकहरुको पनि सहभागिता रहेको थियो ।

Leave A Reply

Your email address will not be published.