दार्चुला । दार्चुलाको लेकम गाउँपालिका वडा–३ रतौडामा सिचाइ ट्याङ्कीको सिलान्यास गरिएको छ ।
शनिबार सिडाको आर्थिक सहयोग अक्सफाम नेपालको प्राविधिक सहयोग र सामुदायिक ग्रामीण विकास समाज नेपाल दार्चुलाद्धारा संञ्चालित ट्रोसा–२ परियोजना अन्तरर्गत गठन गरिएको सत्तेश्वर महिला आर्थिक सशक्तीकरण केन्द्र, रतौडामा सिचाइ ट्याङ्कीको सिलान्यास गरिएको हो ।
लेकम गाउँपालिका अध्यक्ष राम दत्त जोशी सहितको उपस्थितिमा सिचाइ ट्याङ्कीको सिलान्यास गरिएको ट्रोसा–२ परियोजनाका जिल्ला संयोजक मान सिंह कार्कीले जानकारी दिए ।
सामुदायिक ग्रामीण विकास समाज नेपाल दार्चुला, लेकम गाउँपालिका, र सत्तेश्वर महिला आर्थिक सशक्तीकरण केन्द्र बीच आपसी सम्झौता सम्पन्न गरी रतौडामा सिचाइ ट्याङ्कीको सिलान्यास गरिएका गरिएको उनले बताए ।
सिचाइ ट्याङ्कीको निर्माण लागत ८ लाख ५० हजार हुने बताइएको छ । यस परियोजनाबाट महिलाहरूको आर्थिक सशक्तीकरण, कृषि उत्पादकत्वमा वृद्धि, र सामुदायिक सहकार्यलाई अझ मजबुत बनाउने विश्वास लिइएको छ ।
सिलान्यास कार्यक्रममा गाउँपालिका अध्यक्ष राम दत्त जोशी लेकम गाउँपालिका–वडा ३ का कार्यवाहक अध्यक्ष हरि दत्त जोशी, सदस्य प्रकाश पन्त, र ट्रोसा–२ रियोजनाका जिल्ला संयोजक मान सिंह कार्की लगायतको विशेष उपस्थिति रहेको थियो । सिचाइ ट्याङ्की संञ्चालनमा आए त्यहाँका करिब ३० घरपरिवारका नागरीक लाभान्वित हुने बताइएको छ ।