दार्चुला – दार्चुलाको शैल्यशिखर नगरपालिका—९ गोकुलेश्वर स्थित मालिकार्जुन हस्पिटल प्रा.लि. मा कार्तिक २९ गते बरिष्ठ स्त्री तथा प्रस्तुति रोग विशेषज्ञ डाक्टर आउने भएका छन् ।कार्तिक २९ गते शनिबारका दिन बरिष्ठ स्त्री तथा प्रस्तुति रोग बिशेषज्ञ डाक्टर स्मृति साही विशेषज्ञ चिकित्सीय सेवा प्रदान गर्ने मालिकार्जुन अस्पतालले जनाएको छ।अस्पतालका अनुसार स्त्री रोग बिशेषज्ञ डाक्टर साही स्त्री तथा प्रस्तुति रोग सम्बन्धी समस्या भएका बिरामीहरुलाई चेकचाँच गर्ने निदान लगायतका चिकित्सकीय सेवा प्रदान गर्ने छन् । उनले तल्लो पेट दुख्ने, तथा महिना वारी गड्बडी हुने, सेतो पानि बग्ने,बाझोपन तथा निसन्तान, पाठेघरमा मासु पलाएको, गर्भवती चेकजांच तथा डेलिभरी,गर्भवती महिला सम्बन्धी भिडियो एक्सरे, पाठेघर खस्ने, स्तन सम्बन्धी समस्या, लगायतका समस्या भएकाहरुको उपचारगरिने मालिकार्जुन अस्पतालले जनाएको छ।मालिकार्जुन अस्पतालले विशेषज्ञ चिकित्सीय सेवा प्रदान गर्दै आएको छ । सामान्य एवंम जटिल प्रकृतिका रोगको उपचारका लागि टाढाटाढा जानुपर्ने बाध्यता अन्त्य भएको शैल्यशिखर नगरपालिकाका स्थानियहरुले बताउनुभयो ।
अस्पतालले ०९३४०००२६ र ९८४८४०६०९८ मा फोन गरेर समेत नाम दर्ता गर्न सकिने बताएको छ ।
