राजनीतिक र प्रशासनिक नेतृत्वबीच सहकार्य आवश्यक : मुख्यमन्त्री शाह

दार्चुला । सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री कमलबहादुर शाहले राजनीतिक र प्रशासनिक नेतृत्व बीचको सहकार्यले मात्र विकास सम्भव रहेको बताएका छन् ।

आइतबार दार्चुलामा आयोजित दार्चुला जिल्लाका पालिका प्रमुखहरू, संघ, प्रदेश र स्थानीय तहका कार्यालय प्रमुखहरू तथा सुरक्षा निकायका प्रतिनिधिहरूसँगको छलफल तथा अन्तरक्रिया कार्यक्रममा उनले सो कुरा बताएका हुन् ।

सुशासन कायम र भ्रष्टचारको नियन्त्रणका लागि राजनीतिक र प्रशासनिक नेतृत्वबीच समन्वय र सहकार्य आवश्यक रहेको मुख्यमन्त्री शाहले बताए । निर्वाचनको समयमा नागरिक सामु गरेका वाचा अनुसार विकास हुन नसकेको स्वीकार्दैै उनले विकासका लागि सबै पक्षको सहकार्य आवश्यक रहेको बताए ।

जेनजी आन्दोलनको मूल मर्म पनि विकास र सुशासन भएकाले यो तर्फ सबैको ध्यान जानुपर्नेमा मुख्यमन्त्री शाहले जोड दिए । अर्थपूर्ण सम्वादको शुरुवातका लागि आफू जिल्ला–जिल्लामा पुगिरहेको बताउँदै मुख्यमन्त्री शाहले यो टुरका लागि मात्रै नभएको स्पष्ट पारेका हुन् ।

Leave A Reply

Your email address will not be published.