ऐतिहासिक जोलजिवि व्यापार मेलाको तयारी सुरू,मदिरा विक्री वितरण बन्द

दार्चुला । दार्चुलाको मालिकार्जुन गाउँपालिका–७ जोलजिवि क्षेत्रमा लाग्ने जोलजिवि व्यापार मेलाको तयारी थालिएको छ ।

मेला मंसिर १ गतेदेखि सञ्चालन हुनेछ । नेपाल–भारत सीमा क्षेत्र मालिकार्जुन गाउँपालिकाको–७ जोलजिवि र भारतको जौलजिवि बजारमा हरेक वर्ष मंसिर १ गतेदेखि मेला लाग्ने गर्छ ।

काली र गोरी नदीको संगम जोलजिविमा नेपाल र भारत दुवैतर्फ यो मेला लाग्ने त्यहाँका स्थानीय लोकेन्द्रसिंह धामीले जानकारी दिए । स्थानीय सरकारले विगतका वर्षहरु जस्तै यसवर्ष पनि मेला व्यवस्थापनका लागि बजेट व्यवस्थापन गरेको छ ।

सन् १८७१ मा भारतको अस्कोटका तत्कालीन राजा पुस्कर पालले जोलजिविमा ज्वलेश्वर मन्दिरको स्थापना गरी मेलाको शुरुवात गरेको सम्झनामा हरेक वर्ष मंसिर १ गतेदेखि जोलजिवि क्षेत्रमा मेला लाग्दै आएको छ ।

जोलजिवि मेलामा जुम्ला तथा हुम्लाका घोडा, कपडा तथा खाद्यान्नको समेत व्यापार हुने गरेको छ । मेला वर्ष दिनमा लाग्ने भएकाले स्थानीयहरुले कपडा खरिद गर्ने, घरेलु आवश्यक सामान खरिद गर्ने गरेका छन् ।
जोलजिवि मेला महोत्सवमा मदिरा विक्री वितरण बन्द
दार्चुलाको मालिकार्जुन गाउँपालिका–७ जोलजिवि क्षेत्रमा लाग्ने जोलजिवि व्यापार मेला तथा महोत्सवमा मदिरा विक्री वितरण बन्द गरिएको छ । बुधबार आज बसेको मेला व्यवस्थापन सम्बन्धि बैठकले यो निर्णय गरेको हो ।

अगामी मंसिर १ गते देखि मंसिर ५ गतेसम्म संञ्चालन हुने उक्तमेला अवधिभर मदिरा विक्री वितरण बन्द गरिएको वडा कार्यालयले जनाएको छ ।

मदिरा सेवन गरी हो-हल्ला झै झगडा गरेको पाइएमा मालिकार्जुन गाउँपालिका कार्यविधि अनुसार कारबाही गर्ने निर्णय गरिएको वडा अध्यक्ष बहादुर चन्दले जानकारी दिए ।

बैठकले पौराणीक जोलजिीवी मेला महोत्सवमा बाटोघाटो सरसफाई बत्ति जडान विभिन्न व्यवस्थापन गर्ने निर्णय पनि गरिएको उनले बताए ।

Leave A Reply

Your email address will not be published.