मतदाता नामावली संकलन म्याद ५ दिन थपियो

काठमाडौं । निर्वाचन आयोगले मतदाता नामावली संकलनका लागि ५ दिन म्याद थप गरेको छ । आयोगका कार्यवाहक प्रमुख निर्वाचन आयुक्त रामप्रसाद भण्डारीका अनुसार मतदाता नामावली संकलनको म्याद ५ दिन थप गरिएको हो ।

‘प्रधानमन्त्री, गृहमन्त्रीका साथै सरोकारवालाले मतदाता नामावली दर्ता गर्ने समय थप्न सुझाव दिइरहनु भएको थियो ।

मतदाता नामावली दर्ता गर्नेहरूको चाप पनि कायमै रहेको अवस्थामा ५ दिन म्याद थप गरिएको निर्वाचन आयोगले जनाएको छ । यसअघि सरकारले ३० कात्तिकसम्म मतदाता नामावली दर्ताको समय तोकेको थियो ।

Leave A Reply

Your email address will not be published.