दार्चुलामा बसभित्र एक महिला अचेत,अस्पतालमा मृत घोषणा

दार्चुला। दार्चुलामा बसभित्र एक महिला मृत फेला परेकी छन् । महेन्द्रनगरबाट दार्चुलातर्फ आइरहेको महाकाली यातायातको ना ८ ख ३०१ नम्बरको बसभित्र एक महिला मृत फेला परेकी हुन ।

बैतडीको सिगास गाउँपालिका घर भएकी महिला मृत फेला परेको जिल्ला प्रहरी कार्यालय दार्चुलाले जनाएको छ । बैतडीको खोड्पेबाट दार्चुलाको दुहुँ गाउँपालिका वडा -२ हिकिला माइतीघर जाँदै गरेकी ४० वर्षिय महिला मृत फेला परेको दार्चुलाका प्रहरी प्रमुख डिएसपी गौरव महतले जानकारी दिए ।

डिएसी महतका अनुसार बैतडीको खोड्पेबाट बसमा सवार ४० वर्षिय जानकी चन्द अचेत अवस्थामा फेला परेको र उनका आफन्तहरुले प्रहरीलाई खबर गरेपछि जिल्ला अस्पताल दार्चुलाले उनलाई मृत घोषणा गरेको बताएका छन् ।

जानकीलाई उनका आफन्तले दार्चुलाको शैल्यशिखर नगरपालिकाको ग्वानीमा आज विहान उठाउन खोज्दा नउठेपछि मालिकार्जुन प्रहरी चौकीमा  खबर थिए । त्यसपछि प्रहरीले आफ्नै गाडीमा हालेर जानकीलाई जिल्ला अस्पताल ल्याएको थियो । पछि अस्पतालका डाक्टरहरुले उनलाई मृत घोषणा गरेको बताएका छन् ।

माइतीघर दुहुँ गाउँपालिकाको हिकिलामा आफ्नी भर्दैनीको विबाहमा जान लागेकी जानकीको विचबाटो मै ज्यान गएपछि उनीसंगै विबाहमा जान लागेका उनका दिदि भिनाजु पनि साथमै रहेको जिल्ला प्रहरी कार्यालय दार्चुलाले जनाएको छ ।  प्रहरीले यससम्बन्धमा थप अनुसन्धान गरीरहेको जनाएको छ ।

Leave A Reply

Your email address will not be published.