दार्चुलामा एमालेको शक्ति प्रदर्शन

दार्चुला  । नेकपा एमाले दार्चुलाले जिल्ला सदरमुकाम खलंगामा विशाल प्रदर्शन गरेको छ । वैदेशिक हस्तक्षेप बन्द गर, जनताको बहुदलिय जनबाद जिन्दाबाद ,विर सहिद अमर नहुन, आयो, आयो एमाले आयो संसद पुनस्र्थापना गर, सर्वपक्षीय सरकार गठन गर,लगायत नारा लगाउँदै शनिबार एमाले जिल्ला कमिटी दार्चुलाले सदरमुकाममा भब्य प्रदर्शन गरेको हो ।

एमालेले जेनजी आन्दोलनपछि सत्ताच्यूत हुनु परेको आवेगमा देशभर प्रदर्शन गर्ने कार्यक्रम राखेको छ । सोहीअनुसार शनिबार दार्चुलामा पनि प्रदर्शन गरिएको एमाले दार्चुलाले जनाएको छ ।

एमालेका नेता, कार्यकर्ताको उपस्थिति रहेको कार्यक्रममा वक्ताहरूले संविधानको पूर्ण कार्यान्वयन हुनुपर्ने, वर्तमान राजनीतिक गतिरोधको अन्त्य हुनुपर्ने  मन्तब्य राखेका छन् ।

वक्ताहरूले देशको सार्वभौमसत्ता र स्वाभिमानमाथि बाह्य हस्तक्षेप भइरहेको भन्दै त्यसको स्वीकार्यता नहुने बताएका पनि बताएका छन् ।

नेताहरूले अहिलेको कामचलाउ सरकारले देशलाई सही दिशा दिन नसकेको र राजनीतिक दलहरूबीचको सहमति टुट्दा संविधान कार्यान्वयनको प्रक्रिया गम्भीर सङ्कटमा परेको बताएका छन् ।

फोटो पत्रकार नरेन्द्र कार्की

Leave A Reply

Your email address will not be published.