एमालेले गरेको विकासले जनता एमालेको साथमा छन् : पोलिटव्यूरो सदस्य ठगुन्ना

एमाले सङ्कटबाट भाग्ने होइन, सामना गर्ने पार्टी हो

नेकपा एमालेका पोलिटव्यूरो सदस्य पूर्वमन्त्री जिल्ला इन्चार्ज गणेशसिह ठगुन्नाले एमालेले गरेको विकासले जनता एमालेको साथमा रहेको बताएका छन् ।  शनिबार सदरमुकाम खलंगामा पार्टी कमिटीले आयोजना गरेको जनसभा कार्यक्रममा बोल्दै पूर्वमन्त्री ठगुन्नाले यस्तो बताएका हुन ।

जनसभालाई सम्बोधन गर्दै पूर्वमन्त्री समेत रहेका ठगुन्नाले एमालेले गरेको विकासले जनता एमालेको साथमा छन् भन्ने पुष्टि गर्छ । एमालेको काम जनताको मनमनमा भिजेको छ । जनताको वास्तविक पार्टी एमाले भएको भन्दै युवादेखि बृद्धहरु एमालेसँग आत्मीय भएर लागेको बताएका छन् ।

सम्बोधनको क्रममा ठगुन्नाले ‘केहि अराजकहरुले एमाले पार्टी र नेतृत्वलाई गाली गर्दैमा पार्टी सकिदैन् ।’ मनमनमा बस्ने काम हाम्रो पार्टीले गरेको छ । सडक, विजुली, बाटो घाटो, स्वास्थ्य र सामाजिक सुरक्षाको काम एमालेले गरेको उनले बताए । राष्ट्रियताको पक्षमा बलियो शक्ति भएककै कारण हाम्रो पार्टी र नेतृत्वमाथि चौतर्फी प्रहार भइरहेको पनि नेता ठगुन्नाले कोणसभामा भनेका हुन । यसको प्रतिकार जनताले चुनाव मार्फत गर्ने बताए ।

एमाले कुनै हालतमा निर्वाचनबाट भाग्न नखोजेको भन्दै ठगुन्नाले सुशिला कार्की नेतृत्वको सरकारले देशमा निर्वाचन गराउने माहोल बनाउन नसकेको पनि बताए । जेलबाट भागेका हजारौं कदी बन्दी समातिएका छैनन् । प्रहरीका हतियार लुटिएका छन् । यस्तो अवस्थामा निर्वाचन शान्तिपूर्ण हुन सक्दैन् । यो हाम्रो पार्टीको भनाई हो उनले भने ,नेकपा एमालेले सदरमुकाम खलंगाको दुई ठाउँबाट र्‍याली निकालेको थियो । बाजागाजा तथा आ–आफ्ना भेषभुसासहित कार्यकर्ता र्‍यालीमा सहभागि भएको नेकपा एमालेले जनाएको छ ।

Leave A Reply

Your email address will not be published.