भोली देखि मंसिर ५ गते सम्म ऐतिहासिक जोलजिवि मेला तथा सांस्कृत महोत्सव सञ्चालन हुँदै

दार्चुला । दार्चुलाको मालिकार्जुन गाउँपालिको वडा – ७ जोलजिवि क्षेत्रमा पनि “ऐतिहासिक जोलजिवि मेला भोली सोमबार देखि सुरू हुने भएको छ ।

“ऐतिहासिक जोलजिवि मेला हाम्रो सान, कला संस्कृती र पर्यटन प्रर्बद्धन हाम्रो अभियान” भन्ने मुला नाराका साथ मेला सोमबार देखि संञ्चालन हुन लागेको हो ।

मेला महोत्सवको तयारी पूरा भएको आयोजकले जनाएको छ । नेपाल भारत सिमा क्षेत्रमा पर्ने जोलजीवी मेलाको तयारी पुरा भएको मालिकार्जुन गाउँपालिकाले जनाएको छ ।

महोत्सवमा सांस्कृत कार्यक्रम सहित राष्ट्रिय र स्थानीय कलाकारको सहभागिता रहने मालिकार्जुन गाउँपालिकाका उपाध्यक्ष कल्यान सिह धामीले जानकारी दिए । त्यस्तै मेला महोत्सवमा कृषि र स्थानीय उद्योग प्रदर्शनी गरिने उनले बताए ।
मेला महोत्सवमा आउने कलाकारहरुको पनि टुंगो लागेको छ ।

महोत्सवमा चर्चित गायक टंक तिमिल्सिना, चर्चित गायिका इब्सल संज्याल,मनोज धामी,मोडल नृत्यतर्फ गंगा बोहरा यमुना र भण्डारी सहित उद्घोषक तर्फ कृष्ण धामी,राशि रिजालको प्रस्तुती रहने आयोजकले जनाएको छ ।

डेढ सताब्दी लामो इतिहास बोकेको नेपाल र भारतको सीमा क्षेत्र एवं काली र गोरी नदीको संगमस्थल जोलजिविमा ऐतिहासिक मेला हरेक वर्ष मंसिर १ गते बाट लाग्दै आएको छ । सदियौ पुरानो ऐतिहासिक जोलजीवि मेला, महोत्सव पछिल्लो वर्ष गाउँपालिकाले संञ्चालन गदैँ आएको छ ।

मेला व्यवस्थापन समितिले महोत्सवमा मदिरा जुवातास पूर्णरुपमा निषेध गरेको छ । जोलजिवि मेलामा बाजुरा, जुम्ला तथा हुम्लाका घोडा, विभिन्न क्षेत्रका कपडा तथा खाद्यान्नको समेत ब्यापार हुने गरेको छ ।

Leave A Reply

Your email address will not be published.