दार्चुला । दार्चुलामा नेकपा एमालेले घरफर्क अभियान संञ्चालन गर्ने निर्णय गरेको छ ।
गत कार्तिक ३० गते आइतबार जिल्ला सदरमुकाम खलंगामा बसेको जिल्ला कमिटि दार्चुलाको सातौँ पूर्णबैठकले विभिन्न समूहमा रहेका बामपाठी प्रगतिशील र देशभक्त जनसमुदायहरुलाई नेकपा (एमाले) मा समाहित हुन आव्हान गर्ने निर्णय गरेका हो ।
नेकपा (एमाले)बाट विभिन्न समयमा अन्य समूहमा गएका व्यक्तिहरुलाई घर फर्कन अनुरोध गर्ने निर्णय गरिएको नेकपा एमालेका जिल्ला कमिटि सचिव उमेश राज जोशीले जानकारी दिए ।
यसका लागि सातौँ पूर्ण बैठकले कार्यदल समेत गठन गरेको छ । जिल्ला इन्चार्ज एव पोलिटब्युरो सदस्य गणेश सिह ठगुन्ना संयोजक रहने गरी ६ सदस्यीय कार्यदल गठन गरिएको सचिव जोशीले जानकारी दिए ।
कार्यदललमा जिल्ला कमिटि अध्यक्ष ज्ञानेन्द्र घर्ती सदस्य, प्रेम सिह धामी,हरदेब जोशी, रामदत्त जोशी र मोहन सिह धामी सदस्य रहने गरी कार्यदल गठन गरिएको एमाले दार्चुलाले जनाएको छ ।
वर्तमान राजनीतिक परिस्थितिले देशलाई अराजकता र अस्थिरतातर्फ धकेल्ने खतरा बढेको भन्दै त्यसविरुद्ध एकजुट हुन एमाले दार्चुलाले विगतमा अन्य समूहमा गएका व्यक्तिहरुलाई घर फर्कन अनुरोध गर्ने निर्णय गरिएको एमाले दार्चुलाले जानकारी दिएको छ ।एमाले जिल्ला कमिटि अध्यक्ष ज्ञानेन्द्र घर्तीको अध्यक्षतामा सम्पन्न सातौँ पूर्णबैठकमा पोलिटब्युरो सदस्य पुर्वमन्त्री जिल्ला इन्चार्ज गणेश सिह ठगुन्ना प्रमुख अतिथि रहनु भएको थियो ।