बुधबार सुनको भाउ बढ्यो, तोलाको कति पुग्यो ?

काठमाडौं । बुधबार सुनको भाउ तोलामा २ हजार ८ सय रुपैयाँ बढेको छ ।

नेपाल सुनचाँदी व्यवसायी महासंघले यस दिनका लागि सुनको भाउ प्रतितोला २ लाख ४२ हजार ३ सय रुपैयाँ निर्धारण गरेको छ ।

अघिल्लो दिन २ लाख ३९ हजार ५ सयमा सुनको कारोबार भएको थियो । सुनको भाउ पछिल्ला केही दिनमा उच्च उतारचढाव भइरहेको छ ।
अस्तिको तुलनामा हिजो सुनको भाउ एकैदिन तोलामा ३ हजार ८ सय रुपैयाँ घटेको थियो ।

असोज ३१ गते सुनको भाउ अहिलेसम्मकै उच्च प्रतितोला २ लाख ५८ हजार रुपैयाँ पुगेको रेकर्ड छ । बुधबार चाँदीको भाउ पनि तोलामा ६० रुपैयाँ बढेको छ ।

अघिल्लो दिन प्रतितोला ३०९० रुपैयाँमा कारोबार भएको चाँदी आज ३१५० रुपैयाँ पुगेको छ । असोज ३१ गते चाँदीको भाउले ३३५० रुपैयाँको रेकर्ड बनाएको छ ।

Leave A Reply

Your email address will not be published.