दार्चुलामा फरार प्रतिवादी पक्राउ

दार्चुला। दार्चुलामा प्रहरीले फरार दुई जना प्रतिबादीलाई पक्राउ गरेको छ ।

अदालतको फैसला कार्यान्वयनका क्रममा दुई फरार प्रतिवादी पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय दार्चुलाले जनाएको छ ।

अभद्र व्यवहार मुद्दामा ३ वर्ष कैद र ३० हजार रुपैयाँ जरिवाना तोकिएका महाकाली नगरपालिका–७ धाप निवासी २५ वर्षीय सुरेश राम कोली र विदेशी विनिमय अपचलन मुद्दामा ७७ हजार ३४८ रूपैयाँ ७० पैसा जरिवाना तोकिएका दुँहुँ गाउँपालिका–१ पिपलचौरीका ३२ वर्षीय तेजबहादुर बमलाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय दार्चुलाका प्रहरी प्रमुख डिएसपी गौरव महतले जानकारी दिए ।

प्रहरीले पक्राउ परेकालाई कानुनी प्रक्रिया अनुसार अदालतमा उपस्थित गराउने जनाएको छ ।

Leave A Reply

Your email address will not be published.