पोखराविरुद्ध सुदूरपश्चिमको आक्रमक सुरुआत

काठमाडौं । नेपाल प्रिमियर लिग (एनपीएल) दोस्रो संस्करणको आफ्नो दोस्रो खेलमा सुदूरपश्चिम रोयल्सले पोखरा एभेन्जर्सविरुद्ध उत्कृष्ट सुरुआत गरेको छ ।

शुक्रबार कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा टस हारेर ब्याटिङमा आएको सुदूरपश्चिमले पहिलो पावर प्ले (१० ओभर)मा आक्रामक सुरुआत गर्दै विकेट नगुमाई ९९ रन बनाएको छ ।

सुदूरपश्चिमबाट हाल क्रिजमा रहेका ओपनरद्वय विनोद भण्डारी र जस ब्रोन खेलिरहेका छन् ।

पोखराको प्रतियोगितामा यो दोस्रो खेल हो । पोखराले यसअघि सम्पन्न पहिलो खेलमा विराटनगर किंग्ससँग ५३ रनको हार बेहोरेको थियो ।

सुदूरपश्चिमको पनि यो दोस्रो खेल हो । सुदूरपश्चिमले पहिलो खेलमा काठमाण्डू गोर्खाजलाई २९ रनले पराजित गरेको थियो ।

Leave A Reply

Your email address will not be published.