एमाले दार्चुलाको जिल्ला कमिटी बैठक बस्दै, यस्ता छन् छलफलका एजेण्डा

दार्चुला । नेकपा एमाले दार्चुलाले आठौँ जिल्ला कमिटी बैठक बोलाएको छ ।

आइतबार एक सूचना जारी गदैँ सचिवालयले शुक्रबार (मंसिर १२ गते) का लागि जिल्ला कमिटी बैठक बोलाएको जनाएको छ ।

बैठकमा केन्द्रीय कमिटी, प्रदेश कमिटी,जिल्ला कमिटी पदाधिकारी सदस्य,लेखा कमिटी,सल्लाहकार परिषद पदाधिकारी,गाउँपालिका,नगरपालिका कमिटिका अध्यक्षसबैलाई बैठकमा आमन्त्रण गरिएको एमाले जिल्ला कमिटी सचिव उमेश राज जोशीले जानकारी दिएका छन् ।

बैठकमा जिल्ला कमिटी अध्यक्ष ज्ञानेन्द्र घर्तीको अध्यक्षता एव पोलिटब्युरो सदस्य जिल्ला इन्चार्ज गाणेश सिह ठगुन्ना र केन्द्रीय कमिटि सदस्य हरदेब जोशीको उपस्थितिमा बैठकमा आमन्त्रण गरिएको छ । बैठक दार्चुला विकास संगठनको सभाहलमा विहान ११ बजेबाट सुरू हुने पार्टीले जनाएको छ ।

बैठकले पार्टीको ११ औँ महाधिवेशन लागि जिल्लाबाट प्रतिनिधि छनौटगर्न सक्ने आकलन गरिएको छ । पार्टीको ११ औँ महाधिवेशन यहि मंसिर २७ गते देखि २९ गते सम्म काठमाडौंको भृकुटीमण्डमा आयोजना गरिएको छ ।

सातौपुर्ण बैठकले पनि महाधिवेशन भव्यताका साथ सम्पन्न गर्न र २७ गतेको ऐतिहासिक सभामा काठमाडौंमा सहभागी हुन सम्भव भएका व्यतिलाई महाधिवेशनमा खटाउने निर्णय गरेको थियो ।

सूचना

Leave A Reply

Your email address will not be published.