दार्चुला।पुर्चौडि नगर पालिका वडा नम्बर १ मा रहेको निमुन मावि खिमापुरमा विद्यार्थीलाई स्टेशनरी सामाग्री वितरण गरिएको छ ।
विद्यालयका शिक्षक बिजयराज पन्तले आफ्नो जन्मदिनको अवसरमा उक्त सामाग्री वितरण गर्नुभएको हो । विद्यालयका टुहुरा,जेहेन्दार, अनुसाशित तथा बिपन्न घरपरीवारका १६ जना विद्यार्थीलाई कापी र कलम वितरण गरिएको प्रधानाध्यापक नर बहादुर धामीले बताए ।
जन्मदिनको अवसरमा फजुल खर्च गर्नुभन्दा शैक्षिक क्षेत्रको विकासको लागिखर्च गर्नु उपयुक्त ठानेर सहयोग गरेको शिक्षक पन्तले बताउनुभयो । आफ्ना लागि सबै विद्यार्थी समान भएपनि आर्थिक अवस्था कमजोर भएका विद्यार्थीलाई छानेर स्टेशनरी वितरण गरिएको उहाले बताउनुभयो । अन्य विद्यार्थीलाई पनि आगामि दिनमा समाबेश गरिने उहाले बताउनुभएको छ ।
आज आइतबार विद्यालयमा सानो कार्यक्रमको आयोजना गरि उक्त सामाग्री वितरण गरिए संगै सम्पूर्ण विद्यालय परिवार लाई मिठोमुख गराएको शिक्षक अभिभावक समिति अध्यक्ष प्रमल धामिले बताए।
गत साल पनि शिक्षक पन्तले टुहुरा,जेहेन्दार, अनुसाशित तथा बिपन्न घरपरीवारका १६ जना विद्यार्थीलाई न्यानो लुगा वितरण गरेकाे अध्यक्ष धामीले बताए।
