दार्चुलामा प्रहरीले भन्सार छलीगरी ल्याएका समान बरामद गरेको जनाएको छ ।
सोमबार जिल्लाको महाकाली नगरपालिका–४ बसपार्क क्षेत्रमा अबैध रूपमा भारतबाट भन्सार छली गरी ल्याइएका सामान प्रहरीले बरामद गरेको हो ।
जिल्ला प्रहरी कार्यालय दार्चुलाबाट खटिएको टोलीले ४३ हजार ३ सय रुपैयाँ बराबरको समानबरामद गरेको छ ।
प्रहरीले बिडी, स्विटर, सुटपिस, चप्पलल गायतका सामग्री बेवारिसे अवस्थामा फेला पारी बरामद गरेको प्रहरी कार्यालय दार्चुलाका प्रहरी निरीक्षक एव सूचना अधिकारी हेमराज भट्टले जानकारी दिए ।
बरामद गरिएको समानलाई भन्सार कार्यालयको जिम्मा लगाइएको छ । यसबारे प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।