दार्चुला । दार्चुलामा नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेकपा (माओवादी) को बैठक सम्पन्न भएको छ । शनिबार जिल्लाको लेकम गाउँपालिका वडा नं -६ गणितमा बसेको पार्टी बैठक सम्पन्न भएको हो । जिल्ला इन्चार्ज नव राज भट्टको अध्यक्षतामा बसेको बैठकले विभिन्न निर्णय गरेको छ । बैठकले जिल्लामा पाटीको जिम्मेवारी हेरफेर गरेको छ । यो भन्दा पहिले जिल्लाको पाटी सचिव रहेका लोकेश नेपालीलाई पदमुक्त गरेको छ । पाटी निर्माणमा नखिएको, पाटीको निति नियम नमानेको भन्दै उनलाई पाटीले पदमुक्त गरेको जिल्ला इन्चार्ज नव राज भट्टले जानकारी दिए ।
उनको ठाउँमा पाटीले भुवन जोशी (सी) लाई सचिवको जिम्मेवारी दिएको छ । यस्तै बैठकले अगामी फागुन २१ गते हुने प्रतिनिधि सभा निर्वाचनका उमेदवार समेत चयन गरेको छ । दार्चुलाबाट त्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेकपा (माओवादी) ले जिल्ला इन्चार्ज नव राज भट्टलाई उमेदवार बनाएर निर्वाचनमा जाने निर्णय समेत गरेको पाटी सचिव नवराज जोशीले जानकारी दिए ।
केहीदिन पहिले मात्रै निर्वाचन आयोगमा दल दर्ता गरेको नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेकपा (माओवादी)ले गुलाफको फूल चुनाव चिह्न पाएको छ । बैठकमा प्रदेश ईन्चार्ज तथा स्थायी कमिटि सदस्य भरत सिको उपस्थिति रहेको थियो । पाटीले जनभेला सहित प्रशिक्षण कार्यक्रम समेत आयोजना गरेको त्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेकपा (माओवादी)ले जनाएको छ ।