कोप–२६ सम्मेलनमा चीन र अमेरिकाबीच आश्चर्यजनक सहमति

दार्चुला । चीन र अमेरिकाले आउँदो दशकसम्ममा जलवायु सहकार्यलाई बढाउने सहमति गरेका छन् ।

विश्वका दुई ठूला हरितगृह ग्यासका उत्सर्जनकर्ताहरूले आफ्नो कामलाई तीव्रता दिने उल्लेख गरिएको संयुक्त वक्तव्य जारी गरेका छन् ।

घोषणामा पेरिस सम्झौताले तय गरेको तापक्रम वृद्धि एक दशमलव ५ डिग्री सेल्सियसमा सीमित राख्ने लक्ष्य भेट्न सहकार्यको दृढ वाचालाई स्मरण गरेको छ ।

स्कटल्यान्डको ग्लास्गोमा आयोजित कोप–२६ जलवायु सम्मेलनमा भएको यो सहमतिलाई आश्चर्यजनक मानिएको छ ।

चिनियाँ राष्ट्रपति सी जिनपिङ ग्लास्कोमा सहभागी नभए पछि उहाँको आलोचना भइरहेको थियो।

चीनका मुख्य जलवायु वार्ताकार सी जिन्ह्वाले जलवायु परिवर्तनका मामिलामा चीन र अमेरिकाबीच असहमतिभन्दा धेरै सहमति रहेको बताउनुभएको छ ।

Leave A Reply

Your email address will not be published.